८५ प्रतिशतले घट्यो गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सको नाफा

८५ प्रतिशतले घट्यो गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सको नाफा


गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । यस फाइनान्सले आर्थिक वर्षको पहिलो तीन महिना साउन, भदौ र असोजको विवरण सार्वजनिक गरेको हो । 

यस अवधिमा फाइनान्सले खुद नाफा २२ लाख ७२ हजार कमाएको छ । गत वर्षको सोही अवधिमा फाइनान्सले १ करोड ५७ लाख ४६ हजार कमाएको थियो । यो गत वर्षको तुलनामा ८५.५७ प्रतिशतले घटेको हो । 

यस अवधिसम्म सञ्चालन नाफा पनि ८७.५५ प्रतिशतले घटेर २५ लाख ५१ हजारमा झरेको छ । गत वर्ष यसको सञ्चालन नाफा ४ करोड १७ लाख ३९ हजार थियो । खुद व्याज आम्दानी भने बढेको छ । गत वर्ष ५ करोड २ लाख ९६ हजार व्याज कमाएको यस फाइनान्सको ३४.१५ प्रतिशतले बढेर ६ करोड ७४ लाख ७६ हजारसम्म पुर्याएको छ । फाइनान्सका वितरण योग्य नाफा भने ६ करोड ६० लाख ५७ हजार रहेको छ । 

फाइनान्सको खराब कर्जा पनि बढेको छ । गत वर्ष ०.७२ प्रतिशत मात्र रहेको खराब कर्जा यस अवधिसम्म आइपुग्दा २.१२ प्रतिशतले बढेर २.८१ प्रतिशतमा पुगेको छ । यस्तै, असोज मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी ६ रुपैयाँ ३ पैसाले घटेर ९९ पैसा मात्र रहेको छ । गत वर्षको यसै अवधिमा प्रतिसेयर आम्दानी ७ रुपैयाँ २९ पैसा थियो । 

Logo