एक लाख ३० हजार घुस लिएको अभियोगमा कार्यालय प्रमुखसहित चार पक्राउ

एक लाख ३० हजार घुस लिएको अभियोगमा कार्यालय प्रमुखसहित चार पक्राउ


काठमाडौं,
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको अभियोगमा जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त कार्यालय प्रमुख भीमप्रसाद आचार्यसहित चार जनालाई पक्राउ गरेको छ ।

आयोगको पोखराबाट खटिएको टोलीले आइतबार निमित्त कार्यालय प्रमुख आचार्य, स्टोरकिपर रघुनाथ रेग्मी, लेखापाल हरिशंकर शर्मा र हलुका सवारी चालक भवदत्त जैशीलाई एक लाख ३० हजार रुपैयाँ घुससहित कार्यालयबाटै पक्राउ गरेको हो ।

पक्राउ परेकामाथि सो कार्यालयबाट सञ्चालित विभिन्न कार्यक्रम वापतको पेश्की फछ्र्योट गरिदिने भन्ने बाहानामा सेवाग्राहीसँग घुस माग गरेको भन्ने आरोप लागेको छ ।
राजधानीबाट

Logo