कलंकीमा एउटा ट्रकले ६ वटा सवारीलाई ठक्कर दियो, एक जनाको घटनास्थलमै मृत्यु

कलंकीमा एउटा ट्रकले ६ वटा सवारीलाई ठक्कर दियो, एक जनाको घटनास्थलमै मृत्यु


काठमाडौं ।

कलंकीमा ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य ६ वटा सवारी साधनमा क्षति भएको ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले जानकारी दिए।

थानकोटबाट कलंकीतर्फ आउँदै गरेको मालबाहक ट्रकले ढुंगेअड्डामा एकैसाथ छ वटा सवारी साधनलाई ठक्कर दिएको हो।

प्रदेश–२-०३-००१ ख १४२० नम्बरको ट्रकको ब्रेक फेल हुँदा अन्य सवारी साधनलाई ठक्कर दिएको प्रहरीको अनुमान छ।

ओखलढुंगा घर भएका अन्दाजी ३० वर्षीय शंकर परियारको घटनास्थलमै मृत्यु भएको महानगरीय प्रहरी वृत्त कालीमाटीले जनाएको छ। दुर्घटनामा थप सातजना घाइते भएका छन्। उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीका अनुसार दुर्घटनामा रजित चौधरी, गणेश शर्मा, साजन खत्री, रामचन्द्र सिंम्खडा, सुजन मानन्धर, विशाल श्रेष्ठ र सन्ध्या थिङ घाइते भएका छन् ।

उक्त दुर्घटनामा बा २ ज २०४७ नम्बरको ट्याक्सी, बा ४ च २२१ नम्बरको पिकअप भ्यान, बा ४ ख ३२५२ नम्बरको यात्रुबाहक बस, बा ५१ प ४९५१ नम्बरको मोटरसाइकल प्रदेश नम्बर ३–०२००६ प १३४१ नम्बरको मोटरसाइकल र अर्को एक स्कुटरलाई ट्रकले ठक्कर दिएको छ ।अन्नपूर्णबाट

Logo