चन्द्रागिरी र फुल्चोकीमा हिउँ पर्‍यो, भोलिदेखि मौसममा सुधार आउने

चन्द्रागिरी र फुल्चोकीमा हिउँ पर्‍यो, भोलिदेखि मौसममा सुधार आउने


काठमाडौं उपत्यकाका चन्द्रागिरी डाँडा र फुल्चोकी लगायतका उच्च डाँडाहरुमा हिउँ परेको छ ।  

शनिबार बेलुकादेखि हिउँ परेपछि आज बिहानदेखि चिसो बढेको छ । उपत्यका आसपासका डाँडामा सामान्य हिमपात भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उता मकवानपूरको पर्यटकिय नगरी दामनमा पनि हिउँ परेको छ ।

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण आज चिसो बढेको छ भने उपत्यकासहित वाग्मती, गण्डकी र प्रदेश एकका केही ठाउँमा पानी पनि परेको महाशाखाले जनाएको छ ।  

आजराति पनि केहि ठाउँमा वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिउँ पर्ने अनुमान गरिएको छ । भोलिदेखि भने मौसममा सुधार आउन सक्ने महाशाखाले जनाएको छ ।

Skip This
Logo