#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व16799401016811204730373529
नेपाल9081

#COVID19 #CORONAVIRUS

#COVID19 तथ्यांकमा

विश्व तथ्यांक
जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
16799401016811204730373529
नेपाल तथ्यांक
जम्मा परिक्षणपोजेटिभनेगेटिभ
352593516

#COVID19 समाचारमा

किन थपियो एक हप्ता लकडाउन ? (भिडियोसहित)

काठमाडौं । सरकारले लकडाउनको अवधि वैशाख ३ गतेसम्म थप गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन अवधि लम्बाउने निर्णय गरेको हो । कोरोनाको संक्रमण दोस्रोचरणमा प्रवेश गरेको भन्दै सरकारले लकडाउनको अवधि थप गरेको हो । यसअघि सरकारले

लकडाउनको समस्यामा एचआइभी संक्रमितहरु

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट जोगिन सरकारले घोषणा गरेको लकडाउनले एचआइभी संक्रमितहरुलाई असर गरेको छ । नेपालमा कोरोना संक्रमणको जोखिम बढेसँगै सरकारले लकडाउनलाई थप कडाई गरेपछि नियमित औषधि सेवन गरिरहेका एचआइभी संक्रमितहरुलाई असर परेको हो । औषधि सेवन गर्दै

घरमा नै बसेर कोरोना भए नभएको जानकारी कसरी लिने ? (भिडियोसहित)

काठमाडौं । चीनको हुबेइ प्रान्तको वुहान सहरबाट फैलिएको नोवेल कोरोना (कोभिड–१९) भाइरसको संक्रमण अहिले विश्वव्यापी रुपमा फैलिएको छ । अहिलेसम्म यस भाइरसको संक्रमणका कारण ६९ हजार ५ सय २४ जनाले ज्यान गुमाइ सकेका छन् भने १२ लाख ७६ हजार ५

काँग्रेसद्वारा कोरोनाको ‘स्व-परीक्षण एप’ सार्वजनिक

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले विशेषज्ञ चिकित्सकको परामर्शमा आज एक वेब एप जारी गरेको छ । काँग्रेसको केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागले पार्टीको वेबसाइट www.nepalicongress.org/covid19/ मार्फत सो एप आज जारी गरेको पार्टी प्रवक्ता एवं विभाग प्रमुख विश्वप्रकाश

लकडाउन बैशाख ३ गतेसम्म थपियो

काठमाडौं । चैत ११ गते देखि जारी लकडाउन एक हप्ता थपिने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले लकडाउनको अवधी थप गर्ने निर्णय गरेको हो। यसअघि आइतबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण सम्बन्धी उच्चस्तरीय समितिको बैठकले लकडाउनको समय थप्न गर्नुपर्ने

कोरोना मुक्त भारत बनाउन प्रधानमन्त्री मोदीको आह्वान

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतलाई कोरोना फ्रि घोषणा गर्ने वातावरण बनाउन भारतीय जनता पार्टीका कार्यकर्ताहरुलाई अपिल गरेका छन् । उनले देशमा ‘कोभिड १९’ का सङ्क्रमितहरु बढ्दै गएको देखिएपछि सबै भारतीय नागरिकलाई लकडाउनमा घरैमा बसेर सहयोग गर्न अपिल

सरकारद्वारा स्थापना गरिएको कोषमा एक अर्ब ३२ करोड जम्मा

काठमाडौं । सरकारद्वारा स्थापना गरिएको ‘कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा उपचार कोष’मा अहिलेसम्म एक अर्ब ३२ करोड १२ लाख २२ हजार ६३७ सङ्कलन भएको छ । कोरोना भाइरसको सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि सहयोग गर्न सरकारले स्थापना गरेको उक्त

कोरोनासँग लड्न दियो बाल्नुलाई के भन्छन् संस्कृतिविद्हरु ? (भिडियोसहित)

काठमाडौं । विश्वले कोरोना कोरोना भाइरसको औषधी पत्ता लगाउन सकिरहेको छैन । तर भारतमा भने कोरोना विरुद्धको लडाईं भन्दै कहिले थाल ठटाएर, कहिले बत्ती निभाएर त कहिले दीपावली गरेर कोरोना विरुद्धको उदेकलाग्दो अभियान चलाइरहेको छ, नरेन्द्र मोदी सरकारले । भारतकै

भारतबाट भित्रिए ग्यास बोकेका गाडी, उपभोक्ताले भने पाएनन् ग्यास

वीरगञ्ज । लकडाउनका अवधिमा आपूर्ति सहज बनाउनका लागि भारतबाट आवश्यक खाद्य सामग्री र इन्धन बोकेका करीब दुई सय गाडी भित्रिएको छ । पर्सास्थित वीरगञ्ज एकीकृत सुख्खा बन्दरगाहबाट तरकारी र फलफूल बोकेका २० गाडी, पेट्रोलियम पदार्थ बोकेका ७० ट्याङकर, खाना पकाउने

गण्डकी प्रदेश : कोरोना संक्रमित बोक्ने छुट्टै एम्बुलेन्स

कास्की । कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले कोरोना शंका गरिएका र कोरोना संक्रमित पुष्टि भएकाहरुका लागि छुट्टै एम्बुलेन्सको व्यवस्था गर्ने भएको छ । प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले वर्तमान अवस्थालाई ध्यानमा राखी

काठमाडौँ महानगरद्वारा असहाय र दैनिक ज्यालादारी गर्नेलाई राहत वितरण

काठमाडौं । काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र वसोवास गर्दै आएका असहाय, अतिविपन्न र दैनिक ज्यालादारी गर्ने व्यक्तिहरुको पहिचान गरी १० हजार ५ सय जनालाई राहत उपलब्ध गराएको छ । कोरोना भाइरस रोकथाम तथा संक्रमण फैलिन नदिनको लागि सरकारले १३ दिनदेखि लकडाउन

सरकारले गरेका ५ महागल्ती

काठमाडौं । अप्ठ्यारो समय सरकारका लागि चुनौती हो । तर, सक्षम सरकारले अप्ठ्यारो समयलाई अवसरमा बदल्छ । नेपाल सरकारले कोभिड १९ लाई चुनौतीको रुपमा कति र कसरी लिइरहेको छ ? तर, अवसरकारुपमा भने लिन सकेको देखिन्न । आजको महामारीलाई विभिन्न

अमेरिकी चिडियाखानामा बाघलाई पनि कोरोना सङ्क्रमण

काठमाडौं । अमेरिकाको न्यूयोर्कस्थित ब्रोङ्स जू मा एउटा बघिनीलाई कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ। चार वर्ष उमेर पुगेकी उक्त बघिनीबाट सङ्कलित नमुनामा भाइरस भेटिएको आयोवास्थित राष्ट्रिय भेटेरिनरी प्रयोगशालाले जनाएको छ। प्रयोगशालाका अनुसार उक्त बघिनीसहित उसकी बहिनी, अन्य दुई आमुर

कोरोना संक्रमणको पुष्टि भएपछि बेलायती प्रधानमन्त्री अस्पताल भर्ना

लण्डन । कोरोना भाइरस संक्रमणको पुष्टि भएपछि बेलायती प्रधानमन्त्री बोरिस जोनसन अस्पताल भर्ना भएका छन् । उनलाई १० दिन पहिले नै कोरोना लागेको बताइए पनि आइतबार मात्रै भर्ना भएका हुन् । लगातारको परिक्षणले उनमा भाइरस पोजेटिभ देखाएपछि अस्पताल भर्ना गरिएको

विरामीलाई रिसिभ गर्न सेना र स्वास्थ्यकर्मी सहितको टिम बनाइने

काठमाडौं । सरकारले आवश्यक स्वास्थ्य सामग्री तथा उपकरणहरु खरिद गर्नका लागि दुईवटा विकल्पलाई खुल्ला राख्ने भएको छ। विपदको समय भएकाले सार्वजनिक खरिद ऐनका प्रावधान बमोजिम विशेष परिस्थितिमा गरिने खरिद अन्तर्गत सरकारले जिटुजी बाट र प्रतिष्पर्धात्मक आधारमा निजी क्षेत्रबाट पनि खरिद

स्वास्थ्य सामग्री प्रचलित कानून अनुसार नै खरिद गरिनेछ : नेपाली सेना

काठमाडौं । नेपाली सेनाले सरकारले प्रदान गरेको जिम्मेवारी अनुसार कोभिड–१९ को रोकथाम, नियन्त्रण र प्रतिकार्यका लागि आवश्यक पर्ने औषधि, उपकरण तथा अन्य सामग्री खरिद प्रक्रिया प्रचलित कानून बमोजिम हुने र गुणस्तरमा कुनै सम्झौता नहुने स्पष्ट पारेको छ । नेपाल सरकारले

लकडाउन उल्लंघन गर्दा के हुन्छ कारवाही ?

काठमाडौं । अहिले नेपालभरी नै लकडाउनको अवस्था छ । सरकारले गत चैत ११ गतेदेखि २५ गतेसम्म लकडाउनको घोषणा गरेको छ । शनिबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउनलाई अझै कडा पारिने निर्णय गरेको छ भने लकडाउनको समय अझै थपिन सक्ने सम्भावना

सरकारले ग्रामीण स्वास्थ्य स्वयंसेविकाहरुलाई कोरोना भाइरसको उपचार कार्यमा लगाउने

काठमाडौं । सरकारले मुलुकभर भएका ग्रामीण स्वास्थ्य स्वयंसेविकाहरुलाई कोरोना भाइरसको उपचार कार्यमा लगाउने भएको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको आइतबार साँझ बसेको बैठकले ग्रामिण स्वास्थ्य स्वयंसेविकाहरुलाई उचित प्रोत्साहन भत्ता दिएर, विमासहितको व्यवस्था गरि

कोभिड-१९ का कारण समुदाय गतिशीलतामा परिवर्तन

काठमाडौं । समुदाय र सार्वजनिक स्वास्थ्य अधिकारीहरुलाई सामाजिक प्रतिक्रिया बुझ्न मद्दतको लागि गुगलले एउटा रिपोर्ट तयार पारेको छ । गुगलले विश्वव्यापी रुपमा समुदायहरुले कोभिड १९ को बारेमा प्रतिक्रिया बुझ्न मद्दतको लागि उक्त रिपोर्ट तयार पारेको हो । समुदायले प्रतिक्रिया गर्ने

पशुपति विकास कोषले पशुपंक्षीलाई आहारा र असहाय मानिसलाई निःशुल्क खाना खुवाउँदै

काठमाडौं । विश्वभरि फैलिएको कोरोना भाइरस (कोभिड-१९) ले मानिसहरुलाई आतंकित बनाएको छ । यसले आतंकित मात्र होइन विश्व अर्थतन्त्रमा समेत ठूलो सङकट निम्त्याएको छ । नेपालमा पनि कोरोनाको संक्रमण देखिएकाले यसको रोकथाम तथा संक्रमण फैलिन नदिनका लागि सरकारले चैत ११

नेपालमा आजसम्म १ हजार ५२९ वटा नमुना परीक्षण

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिल्क लगायत विभिन्न एयरलाइन्सबाट नेपाल आएर भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा बसेकाहरुमा कोरोना भाइरसको संक्रमण नदेखिएको जनाएको छ । आइतबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर विकास देवकोटाले खरिपाटीको क्वारेन्टाइनमा रहेका सबै ९४ जनाको कोरोना

बडिबिल्डरहरु घरमा नै बसेर यसरी गर्दैछन् जिम

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ का कारण धेरै जसो देशहरुले संक्रमणबाट बच्न आफ्नो देशमा लकडाउन गरेका छन् । जसमा नेपाल पनि अछुतो छैन । आज (आइतबार) नेपाल लकडाउनको १३ औं दिनमा पुगेको छ । नेपाल

विश्व १२ वर्ष यताकै खराब वित्तिय संकटमा

काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण विश्व बाह्र वर्ष यताकै खराब वित्तिय अवस्थामा पुगेको छ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले कोरोना भाइरसका कारण विश्वको अर्थतन्त्रलाई संकटमा पुर्‍याएको जनाएको हो । आईएमएफले अहिले विश्व १२ वर्ष अघिको विश्व वित्तिय संकट (२००८)

ललितपुर महानगरद्वारा पाँच करोडको कोरोना रोकथाम राहत कोष स्थापना

ललितपुर। ललितपुर महानगरपालिकाले पाँच करोड रुपैयाँको कोरोना भाइरस राहत कोष स्थापना गरेको छ । महानगरपालिकाको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिले उक्त रकम बराबरको राहत कोष स्थापना गर्ने निर्णय गरेको हो । ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जन उक्त समितिका संयोजक

खोई प्रधानमन्त्री ….???

  कोभिड-१९ भाइरसका कारण नेपाल लगायत विश्वका सबैजसो मुलुक र जनसमुदाय प्रभावित बनेको सबैमा जगजाहेर छ । यो भाइरस चाइनाको वुहान सहरबाट सुरु भएको भनेर ‘डब्लुएचओ’ले नै पुष्टि गरेको छ । तर, आजका मितिसम्म आइपुग्दा चाइनाभन्दा बढी संक्रमित र मृत्यु

म कोरोना- ‘शक्तिशाली अनि विश्वव्यापी भगवान् !’

रमेश भट्टराई ‘सहृदयी’- तपाईँले सिमलीको रुखमा लाग्ने जाली जसरी ढाकिएको पहेँलो लहरोलाई देख्नुभएको छ ? के त्यसको आफ्नै जरो हुन्छ त ? अहँ । अनि बाँच्नलाई सहारा सिमालीले नै दिन्छ नि त । आखिर म पनि मानिसविना आफैंमा कहाँ जीवित

अमेरिकामा रहेका ५०० नेपालीमा कोरोनाको सङ्क्रमण

काठमाडौँ । अमेरिकामा विभिन्न तरिकाले बसोबास गर्दै आएका नेपालीमूलका अमेरिकी तथा नेपालीभाषी पनि कोभिड–१९ को चपेटामा परेका छन् । अहिलेसम्म नेपालीमूलका एक जनाको निधन भएको छ भने करिब ५०० कोरोना भाइरसबाट सङ्क्रमित भएको जनाइएको छ तर यसको स्वतन्त्ररूपमा पुष्टि हुन

भारतमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ६८ पुग्यो, दुई हजार ९०० सङ्क्रमित

महाराष्ट्र । भारतमा कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या शनिबारसम्म ६८ पुगेको छ । अघिल्लो दिनसम्म ५६ रहेकोमा एकैदिनमा १२ जनाको मृत्यु भएर मृतकको सङ्ख्यामा बृद्धि भएको हो । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले कुल सङ्क्रमितको सङ्ख्या

लक्षण नै नदेखिने समस्याले कोरोना संक्रमितको संख्या बढ्दै

सृजना राई- डब्लुएचओ अर्थात् विश्व स्वास्थ्य संगठनले गरेको अध्ययन अनुसार सुरुवातका चरणमा कोरोनाका लक्षण नदेखिएका विरामीका कारण यो महामारीलाई नियन्त्रण गर्न अप्ठ्यारो पर्ने देखिएको छ । डब्लुएचओका अनुसार जुन विरामीहरुमा सुरुवाती चरणमा संक्रमणको कुनै लक्षण देखिंदैन, यस्ता बिरामीहरुलाई ‘असिम्प्टोमेटिक’ अर्थात

‘लकडाउन’ दैनिकीलाई सदुपयोग गरेर कोरोनालाई जित्ने तरिका

चीनको हुबेइ प्रान्तको वुहान सहरबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) विश्वव्यापी रुपमा फैलिएको छ । विश्वका करिब २०० भन्दा बढी देशमा यसको संक्रमण फैलिइसकेको छ । विश्व स्वास्थ्य संगठनले जारी गरेको पछिल्लो तथ्यांक अनुसार ५९ हजार २ सय ३ जनाको यसकै