बन्दकर्ताद्वारा मिनिबसमा तोडफोड

बन्दकर्ताद्वारा मिनिबसमा तोडफोड


काठमाडौं । आज बिहानै ट्याक्सरी र टाटासुमाेमा तोडफोड भएकाे केही समयपछि पुन: मिनिबसमा तोडफोड भएकाे छ ।

नेकपा प्रचण्ड–नेपाल समूहका कार्यकर्ताले मिनिबस, ट्याक्सी र टाटासुमोमा तोडफोड गरेका छन् । आमहड्तालमा बाधा पुर्‍याएको भन्दै बन्दकर्ताले चावहिल मित्रपार्कमा बा ५ ख २०३९ नम्बरको मिनिबसमा तोडफोड गरेका हुन् ।

यस्तै बन्द गर्न निस्केका दर्जनौ कार्यकर्तालाई प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा अष्टलक्ष्मी शाक्यलगायतका नेताहरू छन्  ।

Logo