पशुपतिमा ७ दिनको ठेक्का, १८ दिनसम्म मेला

पशुपतिमा ७ दिनको ठेक्का, १८ दिनसम्म मेला


पशुपति क्षेत्रमा महाशिवरात्रीको अवसर पारेर ७ दिनसम्म मेला चल्न ठेक्का दिएपनि १८ दिनसम्म चलेको पाइएको छ । 

धार्मिक आस्था बोकेको पशुपतिमा ठेकेदार र पशुपति विकास कोषका कर्मचारीको निहीत स्वार्थमा व्यापारको अखडा बनाएको भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले शुक्रबार छानविन समिति बनाएको छ । कोषले महाशिवरात्रिको अवसरमा आयोजना गरेको मेला तोकिएको समय अवधिभन्दा बढी लगाइएको गुनासो आएको भन्दै मन्त्री सुदन किरातीको निर्देशनमा मन्त्रालयले छानबिन समिति गठन गरेको हो ।  

मन्त्रालयका सहसचिव राजेन्द्र कुमार केसी संयकत्वमा गठीत छानविन समितिले ७ दिनभित्र सत्यतथ्य पत्ता लगाई प्रतिबेदन बुझाउन भनिएको छ। तीन सदस्यीय समतिका सदस्यमा केसीसँगै मन्त्रालयका उपसचिव अर्जुन राई र शाखा अधिकृत जयन्ती श्रेष्ठ छन् । 

मन्त्रालयका सचिव सुरेश अधिकारीका अनुसार मेलाको ठेक्का अवधि कति दिन हो ? कस्लाई ठेक्का दिईएको हो रु किन समयावधिभन्दा धेरै दिन मेला चल्न दिइएको हो ? कोषका कर्मचारीको मिलेमतो छ वा छैन भन्नेबारे विस्तृत छानविन गरेर प्रतिवेदन बुझाउन समितिलाई कार्यादेश दिइएको छ । 

Logo