मधेसको होली पर्वको मुख्य आकर्षक जोगिरा युवा पुस्तामा कमी

मधेसको होली पर्वको मुख्य आकर्षक जोगिरा युवा पुस्तामा कमी


एक–आपसमा भएको मतभेद अन्त्य गर्दै मेलमिलाप गर्ने माध्यमको रूपमा मनाइँदै आएको होली पर्व शुरू भएसँगै गाउँघरमा जोगिराको धुन गुन्जिन थालेको छ।

जोगगिरा सरर धुन गुन्जिन केही कमि आएपनि परम्परा र संस्कृतिलाई निरन्तरता दिन जोगिरा गाउने चलन अझै कायम रहेको राजविराज १ का ७० वर्षीय सुला रजकले बताए। उनले भने, ‘श्रीपञ्चमीदेखि फागु पूर्णिमासम्म गाइने फागु गीत होलीको एक हप्ता अगाडी त्यो पनि ग्रामीण भेगमा कतै–कतै मात्र गुन्जिने, सुनिने देखिने गरेको छ, पहिले बुवाको पालोमा गीत गाएरै फागु आएको महशुस हुन्थ्यो, ढोल बज्थ्यो, मृदंग बज्थ्यो फागु गीत गुन्जिन्थ्यो अहिले त्यसमा निकै कमी आएको छ।’

‘जोगीरा सर‘र‘र‘, कौन तालपर ढोलक बाजे कौन ताल मृदंङ, कौन तालपर गोरिया नाचे कौन तालपर हम‘ भन्ने गीत, ढोल, मृदंग र डम्फूको स्वर अब न्युन सुन्न नपाइने गरेको राजविराज नगरपालिका वडा नं १३ बिषहरियाका ७० वर्षिया किशुनदेव यादवले बताए। उनले थपे,पहिले पहिले त गाउँको कुनै निश्चित ठाउँमा गाउँका मानिसहरू एक ठाउँमा भेला भई अबेर रातिसम्म जोगीरा गाइन्थ्यो। गाउँका केटाकेटी, महिला बृद्धबृद्धा र जोगीरा गाउँने व्यक्ति सबैले आनन्द लिएर हेर्थे र सुन्थे।गाउँ नै आनन्दित हुन्थे तर अहिले त्यस्तो रौनक छैन।’

समयको परिवर्तनसँगै गाउँका युवा रोजगारीका लागि गाउँ छोड्दै शहर र बिदेशिएपछि जोगिरा सररर मा कमी आएको यादवको कथन छ। होलीको अबसरमा गाईने जोगिरा कार्यक्रममा युवाहरूसँगै ज्येष्ठ नागरिकले पनि रमाईलो गरेर आनन्द लिने गरेको राजविराज नगरपालिका २ का ६० वर्षिया सावित्री देवी देवले बताइन्। होलीको अबसरमा गाइने जोगिरा मधेसको पहिचान र गौरव हो। यसलाई निरन्तरता दिन सबैले पहल गर्नु पर्ने देवको भनाइ छ। उनले थपे, यसको संरक्षणमा युवावर्ग अगाडि आउन जरुरी छ।

समाजिक सद्भभाव ,मेलमिलाप साथ सरस्वती पूजाको मूर्ति सेलाएसँगै ढोलको तालसँगै सुरु हुने हुने होली पर्वमा परालको ठूलो झुप्रो बनाएर होलिका दहनको भोलिपल्ट माल पुवा,पूरी खाएर रम्दै रंग,अबिर एक आपसमा दल्दै खुसी उमंगले मधेसमा होली मनाइने प्रचलन रहेको छ।

Logo