1
1
1

काठमाडौंमा सद्गुरुको सत्संगसहित लिंग भैरवीको स्वागत गरिँदै

1
1

आगामी फागुन २५ गते नेपालमा लिंग भैरवीको स्वागत गर्ने उत्सव आयोजना गरिने भएको छ । सद्गुरुको सत्संगसहित काठमाडौंमा उत्सव आयोजना हुन लागेको हो । 

काठमाडौंको टुँडिखेलमा कार्यक्रम गर्न लागिएको आयोजकले जनाएको छ । उत्सवका लागि सद्गुरुले फागुन २३ गते प्राण प्रतिष्ठा गर्ने कार्यक्रम रहेको छ । आयोजकका अनुसार लिंग भैरवी दिव्य स्त्रीत्वको सबैभन्दा उग्र अभिव्यक्तिका रुपमा रहेको छ । 

आयोजकका अनुसार लिंग भैरवी ज्ञानको अर्को आयाम स्थापित गर्ने तरिका हो । यस संस्कृति अनुसार यदी तपाई डराउनु हुन्छ भने एक प्रकारको देवतामा जानुहोस् । यदी तपाईलाई रोग छ भने अर्कै प्रकारको देवतासँग जानुहुन्छ । त्यस्तै समृद्धि चाहिने भए अर्कै प्रकारको देवताकहाँ जानुहुन्छ । यी जीवनका निश्चित आयाममा पहुँच गर्ने उपकरण हुन् । 

 ईश्वरको एक शक्तिशाली र उग्र स्त्री रुप हो । लिंगको रुपमा पुजिएको स्त्री शक्ति धेरै दुर्लभ मानिन्छ । “भौतिक सृष्टिको सबैभन्दा ठुलो कृति मानव शरिर नै हो । शरिर बाहेक अर्को कुनै भौतिक संयन्त्र छैन् । त्यसैले लिंग भैरवी परम स्त्री प्रकृतिको रुप हो,” सद्गुरुले भनेका छन् ।

समाज

प्रकाशित: २३ फागुन २०७९ ११:४४ मंगलबार

1
1
1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी