विजया दशमीको तेस्रो दिन आज पनि टीका थाप्ने क्रम जारी

विजया दशमीको तेस्रो दिन आज पनि टीका थाप्ने क्रम जारी


विजया दशमीको तेस्रो दिन आज पनि आफन्तजन तथा मान्यजनबाट टीका लगाउने र आशिर्वाद लिनेक्रम जारी छ। विजया दशमीको दिन टीका लगाउन छुटेका वा टाढा टाढा भएकाहरूले कोजाग्रत पूर्णिमासम्म टीका लगाउने परम्परा छ।

पश्चिम नेपालका केही भागमा भने विजया दशमीको दिन मात्र टीका लगाउने प्रचलन छ। असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयका रूपमा दसैँ मनाइँदै आएको छ।

घटस्थापनादेखि नौ दिनसम्म दुर्गा भवानीको पूजा आराधना गरेर राखिएको जमरासहितको टीका विजया दशमीदेखि पूर्णिमासम्म लगाउने प्रचलन रहेको छ।

यसैबीच दसैँको अवधिमा बन्द रहेका सरकारी कार्यालयहरू आजबाट खुल्ने भएका छन्। फूलपातीको दिनदेखि ५ दिनसम्म दसैँ बिदा मनाएकाहरू आजबाट नियमित काममा फर्किने छन्। पर्व मनाउन आ-आफ्नो पुर्ख्यौली थलो गएकाहरू पनि हिजैदेखि काठमाडौँ फर्कने क्रम सुरु भइसकेको छ।

Logo