राजधानीमा यसरी मनाइँदैछ यमरी पुन्ही

राजधानीमा यसरी मनाइँदैछ यमरी पुन्ही


आइतबार नेवार समुदायले यमरी पुन्ही मनाइरहेका छन्। सरकारले आइतबार धान्यपूर्णिमा र यमरी पुन्हीको अवसरमा काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ भने उपत्यका बाहिर सम्बन्ध्ति समुदायलाई मात्र बिदा दिएको छ। 

काठमाडौं उपत्यकामा नेवार समुदायले यमरी पुन्ही मनाइरहेका छन्। यसदिन चामलको पिठो, खुवा, सख्खर र तिलबाट मनाइने यमरी खाने चलन छ। 

यसदिन योमरी बनाउन  बिहान सबेरैदेखि घरका महिला व्यस्त हुने गर्छन्। नुहाइधुवाइ घरमा लिपपोत गरेर योमरी पकाइने चलन छ। नेवार समुदायले पनि धान राख्ने भकारी वा कोठीमा पनि पूजा आरधना गरेर योमरी पूर्णिमा मनाउँछन्। 

Skip This
Logo