यस्ताे देखियाे उधौली पर्वकाे रमझम (फाेटाे फिचर)

यस्ताे देखियाे उधौली पर्वकाे रमझम (फाेटाे फिचर)


नेपालका किरात समुदायले आइतबार आफ्नो मुख्य उधौली पर्व मनाएका छन् । नेपाली किरात समुदायका विशेषगरी राई, लिम्बु, याक्खा, सुनुवार, थामी, सुरेल, जिरेल, हायु, छन्तयाल, धिमाललगायतका जातजातिको मुख्य पर्वको रुपमा रहेको उधौली पर्व देशभर पुजाआजा गरि मनाएका छन् ।

मुलरुपमा यी जातजातिले आ—आफ्नो पुख्र्यौली थलोमा उधौली पर्व मनाउने गरेपनि पछिल्लो समय विभिन्न शहरमा पनि मनाउन थालिएको छ । आज किराती समुदायले ललितपुरको सानो हात्तिवनस्थित किरात माङहिम (मन्दिर)मा सामूहिक रुपमा पूजाआजा गरेका उधौली पर्व मनाएका छन् । यस दिनमा किराती समुदायले आफ्नो पुर्खा र प्रकृतिलाई सम्झने र सम्मानस्वरुप पुजाआजा गर्ने गरेका छन् ।

 

Logo