बढ्दो शहरीकरणले उपत्यकाका नेवारी बस्तीहरु मासिँदै (फोटोफिचर)

बढ्दो शहरीकरणले उपत्यकाका नेवारी बस्तीहरु मासिँदै (फोटोफिचर)


बढ्दो शहरीकरणले उपत्यकाका नेवारी बस्तीहरु मासिँदै गएका छन्। २०७२ सालमा गएको भूकम्पले उपत्यकाको मौलिक, ऐतिहासिक, पुरातात्विक महत्वका धरोहरलाई तहसनहस बनायो। काठमाडाैं उपत्यका अर्थात् नेवार यी दुवै पर्याय र परिपुरक हुन्। 

नेपालको इतिहासमा नेवारहरुको योगदान अतुलनीय छ। ऐतिहासिक पुरातात्विक महत्वको काठमाडौं उपत्यकालाई नेवारी कला, संस्कृति, भाषा, जीवनशैलीले अझै जीवन्त बनाईरहेको छ । यहाँको बस्ती, भाषा र कलाले संसारकै ध्यान तानेको छ। प्रकृती र मानव सृजित विभिन्न हन्डर–ठक्कर खाएर पनि उभिइरहेको उपत्यकाको नेवार बस्तीलाई हामीले तस्बिरमा कैद गर्ने कोशिश गरेका छौं। 

यसैलाई केन्द्रमा राखेर उपत्यकाका खोकना, बुङमती, कीर्तिपुर, ठेँचो, सिद्धिपुर, लुभु, भक्तपुर, पाटनका विभिन्न स्थानमा गएर खिचिएको तस्बिरहरु। यी तस्बिरहरुमा नेवार समुदायको रहन–सहन, दिनचर्या, कला–संस्कृतीलाई देखाउन खोजिएको छ।

Logo