आज भोटो देखाउने जात्रा मनाइँदै

आज भोटो देखाउने जात्रा मनाइँदै


रातो मच्छिन्द्रनाथको रथयात्राअन्तर्गत शनिबार भोटो देखाउने जात्रा मनाइँदै छ। 

सबैभन्दा लामो जात्राको रूपमा रहेको रातो मच्छिन्द्रनाथको रथयात्राअन्तर्गत ललितपुरको जावलाखेलमा आज भोटो देखाएर जात्रा सम्पन्न हुँदै छ । रातो मच्छिन्द्रनाथ र मीननाथको रथ लगनखेलको थटीचोकबाट जावलाखेल पुगेको चौथो दिन रातो मच्छिन्द्रनाथको भोटो देखाउने परम्परा छ। 

गृह मन्त्रालयले विज्ञप्ति जारी गरी शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा भोटो देखाउने जनाएको छ। शनिबार भए पनि भोटो देखाउने जात्राकै अवसरमा सरकारले देशभर सार्वजनिक विदा दिएको छ। गृह मन्त्रालयले मर्यादित रूपमा पर्व मनाउन आग्रह पनि गरेको छ। 

Logo