१६ असार २०७९ बिहीबार
1
1
1
1

१५ सय बढीले भरे गोसाइँकुण्ड मेला

1
1
1
1

गंगा दशहराको अवसरमा लागेको गोसाइँकुण्ड मेलामा एक हजार ५०० भन्दा बढी तीर्थयात्रीले मेला भरेका छन् ।

ज्येष्ठ शुक्ल प्रतिपदादेखि  दशमीसम्म लागेको गोसाइँकुण्ड मेलामा एक हजार ५०० भन्दा बढीले मेला भरेको गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ ।

यो वर्ष गंगा दशहरा मेला १० दिनसम्म लागेको थियो । अघिल्लो वर्षहरूमा कोरोना महामारीका कारण प्रभावित भएको मेला यो वर्ष भने सञ्चालन भएको हो । कोभिड १९ को जोखिम कम भएको र गोसाइँकुण्ड पुग्ने पदमार्गमा पनि कुनै समस्या नभएको कारण यसपटक मेला सञ्चालन भएको हो ।

पौराणिक कथनअनुसार परापूर्व कालमा देवता र दानवबीच लडाइँ हुँदा समुद्र मन्थनबाट उत्पन्न कालकूट विष सेवन गरि विषको डाह शान्त पार्न हिमालय खण्डको काखमा आई गोसाइँबाबा भगवान शिव शंकरले आफ्नो हातमा भएको त्रिशूलले भित्तामा हिर्काउँदा भित्ताबाट गंगाजल अर्थात त्रिशूल धाराको उत्पत्ति भई त्रिशूल धाराको पानीबाट गोसाइँकुण्डको उत्पत्ति भएको हो । 

 कुण्डमा स्नान गरि गोसाइँबाबा भगवान शिवको दर्शन गर्नाले जीवनभर गरेको पापबाट मुक्ति पाउने, पितृ तर्नुको साथै आफूले चिताएको सबै मनोकांक्षाहरू पूरा हुने जनविश्वासका साथ बर्सेनि हजारौं हजार भक्तजनहरू कुण्डमा स्नान गर्न आउने गर्दछन् ।

संस्कृति/सम्पदा

प्रकाशित: २७ जेठ २०७९ १३:४५ शुक्रबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी