यसवर्ष जनैपूर्णिमा र गाईजात्रा एकैदिन परेको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार जनैपूर्णिमा र गाईजात्रा भोलि एकैदिन परेको हो । आज बिहान ९ बजेर ४४ मिनेटदेखि नै पूर्णिमा सुरु हुने भोलि बिहान ७ बजेर २५ मिनेटसम्म पूर्णिमाको तिथि रहने र त्यसपछि प्रतिपदा लाग्ने भएकाले भोलि नै जनैपूर्णिमा र गाईजात्रा मनाइने समितिका कार्यकारी निर्देशक सूर्य प्रसाद ढुंगेलले बताए ।
नेवारी समूदायले जनैपूर्णिमाको भोलिपल्ट अर्थात प्रतिपदा तिथिमा मृत आफन्तहरुको सम्झनामा गाईजात्रा निकालेर बजार परिक्रममा गर्ने गर्दछन् । भक्तपुरमा जनैपूर्णिमा आज मनाइँदैछ । आज बिहान ९ बजेर ४४ मिनेटदेखि पूर्णिमा तिथि शुरु हुने भएकाले भक्तपुरबासीले आज नै जनैपूर्णिमा मनाउँदै छन् ।
आज बिहान ९ बजेर ४४ मिनेटदेखि नै पूर्णिमा सुरु हुने र भोलि बिहान ७ बजेर २५ मिनेटसम्म पूर्णिमाको तिथि रहने र त्यसपछि प्रतिपदा लाग्ने भएकाले भक्तपुरबासीले भने आज नै जनैपूर्णिमा मनाउन लागेका हुन् । त्यसपछि भक्तपुरबासीले भोलि गाईजात्रा मनाउनेछन् । उनीहरुले आज ९ गेडागुडीलाई भिजाएर टुसा उमारेको क्वाटी बनाएर खाएर जनैपूर्णिमा मनाउने गर्छन् ।
संस्कृति/सम्पदाप्रकाशित: २६ साउन २०७९ १०:५७ बिहीबार