आज साउन महिनाको अन्तिम सोमबार, व्रत पुरा हुँदै

आज साउन महिनाको अन्तिम सोमबार, व्रत पुरा हुँदै


आज साउन महिनाको अन्तिम सोमबार। साउने व्रत वसेकाहरुले साउने सोमबारमा बस्ने व्रत पुरा हुँदै छ । 

साउनको सोमबार भगवान् शिवको विशेष पूजा–आराधना गर्ने र व्रत बस्ने गरिन्छ । साथै व्रत बसेकाहरुले शिवालयमा गई पुजा र विशेष आरधना गर्ने हुँदा अब शिवालयहरुमा श्रद्धालुको घुइँचो लागेको छ । काठमाडौंको पशुपतिनाथ, क्षेत्रमा बिहानैदेखि श्रद्धालुको घुइँचो लागेको छ ।

यसैगरी काठमाडौंकै गोकर्णेश्वर, कोटेश्वर ललितपुरको कुम्भेश्वर, सन्तानेश्वर, भक्तपुरको दत्तात्रेय, काभ्रेपलाञ्चोकको धनेश्वर र सिन्धुलीको कुशेश्वर, लगायत शिवालयमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।

यो वर्ष साउनमा पाँचवटा सोमबार परेको छ । अन्तिम सोमबार ब्राह्मणलाई पूर्णपात्र दान गरेपछि व्रत पूरा भएको मानिन्छ । ज्योतिषशास्त्रमा सोमबारको स्वामी भगवान् शिवलाई भनिएको छ । त्यसैले यो दिनको उनको आराधना गरिन्छ ।

पुराणमा पनि साउने सोमबारको महिमा उल्लेख छ । यो दिन आफू र परिवारको सु–स्वास्थ्य, दीर्घायु एवं प्रगति कामना गर्दै व्रत बस्ने परम्परा छ । शिवको अर्थ कल्याण भएकाले आराधना गर्दा उनी खुशी हुन्छन् र भक्तजनको मनोकामना पूर्ण हुन्छ भन्ने विश्वास छ । 

Logo