भरिएको बसमा बम विस्फोट, ६ जनाको मृत्यु

भरिएको बसमा बम विस्फोट, ६ जनाको मृत्यु


उत्तरी अफगानिस्तानको सबैभन्दा ठूलो सहरमा खचाखच भरिएको बसमा काम गर्न जाँदै गरेका पेट्रोलियम कम्पनीका सात कर्मचारीको सडक किनारमा भएको बम विस्फोटमा मृत्यु भएको छ । 

 गत वर्षको अगस्टमा सत्तापलटपछि तालिबानले राष्ट्रिय सुरक्षामा सुधार गरेको दाबी गरे पनि त्यहाँ दर्जनौं बम विस्फोट र आक्रमणहरू भएका छन् ।  तीमध्ये धेरै आक्रमण इस्लामिक स्टेट समूहको स्थानीय शाखाले दावी गरेको छ । सुन्दर निलो मस्जिदका लागि प्रसिद्ध प्राचीन सहर मजार ए शरिफमा सो हमला भएको थियो । 'मैले मेरो फोनको स्क्रिनमा कुरान पढिरहेको थिएँ र त्यहाँ बम आयो', दुर्घटनामा बाँचेका  अजिम नाम गरेका एक व्यक्तिले भने । उनको दाहिने खुट्टा छर्राले चोट लागेको थियो । दुर्घटनाको समयमा बसमा ५२ जना मानिस थिए ।

‘बम सडकको छेउमा एउटा गाडीमा राखिएको थियो। बस आइपुग्दा विस्फोट गराइएको थियो’,  उनले भने । आक्रमणको कुनै समूहले जिम्मा लिएको छैन् ।

Logo