पोर्चुगलमा नेपालीहरुको गुनासो बढेपछि विशेष टोली खटाउने सरकारको तयारी

पोर्चुगलमा नेपालीहरुको गुनासो बढेपछि विशेष टोली खटाउने सरकारको तयारी


सरकारले पछिल्लो समय पोर्चुगलमा ठूलो संख्यामा नेपालीहरु समस्यामा पर्दै गएको गुनासो बढेपछि विशेष टोली खटाउने तयारी गरेको छ।

परराष्ट्रमन्त्री विमला राई पौडेलले आगामी एक महिनाभित्र पोर्चुगलमा सरकारी टोली पठाउने तयारी गरेको जानकारी दिइन्। गैरआवासीयनेपाली संघको यूरोप क्षेत्रका राष्ट्रिय समन्वय परिषद्हरुको पहलमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै परराष्ट्रमन्त्री पौडेलले दूतावास तथा कन्सुलर सेवा नभएका देशहरुमा सरकारले घुम्ती टोली खटाएर त्यहाँका नेपालीहरुले भोग्नुपरेको समस्यासमाधानका लागि पहल गर्ने तयारी गरेको बताएकी हुन्।

यसअघि गैरआवासीय नेपाली संघका अध्यक्षत्रयसहितको प्रतिनिधिमण्डलले काठमाण्डौस्थित परराष्ट्र मन्त्रालयमा पुगेर दूतावास तथा महावाणिज्यदूत नभएका देशमा तत्काल दूतावास स्थापना तथा महावाणिज्यदूत नियुक्त गर्न मन्त्री पौडेललाई आग्रह गरेको थियो। यूरोपेली मुलुक माल्टामा दूताबास नहुँदा समस्या परेको भन्ने विषयमा मन्त्रालय जानकार रहेको भन्दै मन्त्री पौडेलले माल्टाको समस्या समाधानमा सरकारले पहल गर्ने बताएका छन्।

हाल बेलायतस्थित दूताबासले नै माल्टामा काम गर्दै आएकोमा सो प्रभावकारी नभएको गुनासो बढेकोले छ। साइप्रसमा घरेलु कामदारको रुपमा जाने क्रम बढेको भन्दै त्यसलाई जी टु जी च्यानलमा ल्याउन सरकारले पहल गर्ने मन्त्री पौडेलको भनाई थियो। यद्यपी त्यस सम्बन्धमा अध्ययन गर्नै बाँकी रहेकोले आफूले आवश्यक अध्ययन गरेर मात्रै काम अघि बढाउने मन्त्रीको भनाई थियो।

यस्तै, -यापिड रेसपोन्डस् टिम बनाउने र त्यसले मासिक रिर्पोट गर्ने व्यवस्था मिलाउने, जनशक्ति थप्ने र दूतावासमार्फत द्रूत सेवामा हुनुपर्छ भन्नेमा आफ्नो जोड रहेको मन्त्री पौडेलले बताईन्। सपोर्ट नविकरण गर्दा लामो समय लाग्ने, अर्को देशमा जानुपर्ने बाध्यता रहेको गुनासो आएको भन्दै मन्त्री पौडेलले दूतावासले मोबाइल टिम पठाउने वा के गर्ने भन्ने भन्नेमा सुझाव दिन एनआरएनएलाई आग्रह गरेकी छिन्। त्यसबाहेक विकास साझेदारीमा पनि काम अघि बढाउने तयारी रहेको मन्त्री पौडेलको भनाई थियो। पोर्चुगलका महासचिव राजकुमार थापाले त्यहाँ नेपालीको अवस्था र समस्याबारे जानकारी गराउँदै सरकारले तत्काल पहल नगरे आत्महत्या जस्तो विकराल समस्या आउनसक्नेतर्फ मन्त्री पौडेलको ध्यानाकर्षण गराए।

यस्तै, एनआरएनए साइप्रसकी राधा पोखरेलले साइप्रसमा घरेलु कामदारका रुपमा गैर कानूती तवरले बसीरहेका नेपालीको संख्या बढ्दै गएको भन्दै जीटुजीमार्फत कामदार पठाउने व्यवस्था गर्न आग्रह गरेकी छिन्। त्यहाँ विद्यार्थीले भोग्नुपरेका समस्याबारे जानकारी गराईन्। एनआरएनए पोल्याण्डकामहासचिव पवन, खड्काले त्यहाँको नेपालीको अवस्था र विद्यमान समस्याबारे जानकारी गराए।  माल्टाका अध्यक्ष भूवन अर्यालले माल्टामादूतावास नहुँदा भोग्नुपरेको समस्या, माल्टासँग नेपालले कूटनीतिक सम्बन्ध विस्तारका लागि गर्न सक्ने पहल लगायतका विषयमा जानकारी गराएका थिए।

यस्तै, एनआरएनए स्पेनका अध्यक्ष शालिकराम डुम्रेले विविध कारण ज्यान गुमाएका नेपालीको शव व्यवस्थापन लगायतका समस्याबारे मन्त्रीपौडेलको ध्यानाकर्षण गराए। चेक रिपब्लिकका अध्यक्ष यदुराम पन्थी त्यहाँस्थित नेपालीलाई व्यवसाय गर्न सरकारी स्तरबाट पहल गरीआवश्यक व्यवस्था मिलाउन र कन्सुलर सेवा उपलब्ध गराउन अनुरोध गर्नुका साथै आगामी १५औ यूरोपियन क्षेत्रिय सम्मेलन चेक गणतन्त्रकोराजधानी प्रागमा हुन गैरहेकोमा माननीय मन्त्रीज्यू लगायत सबैलाई आमन्त्रण गरे।

कार्यक्रममा सहभागी बेल्जियमका अध्यक्ष खड्ग बहादुर केसीले बेल्जियममा हालसम्म त्यस्तो कुनै ठूलो समस्या नरहेको र समस्या परिहालेपनि नेपाली समुदाय मिलेर समाधान गर्ने गरेको बताए। यस्तै, एनआरएनकी महिला उपाध्यक्ष यास्मिन सैयद बेगमले मध्यपूर्वमा नेपाली श्रमिकको अवस्थाबारे जानकारी गराउँदै त्यस्तो विकराल समस्यानभएको जानकारी गराइन्। कार्यक्रममा एनआरएनकी मिडिया समिति सहअध्यक्ष बाबा राजेश्वरीले कार्यक्रमको सारांश प्रतिवेदन प्रस्तुत गरेकी थिइन्। 

Logo