सबस्टेसन निर्माणको काममा ढिलासुस्ती भएपछि ठेक्का तोड्ने कुलमानको चेतावनी

सबस्टेसन निर्माणको काममा ढिलासुस्ती भएपछि ठेक्का तोड्ने कुलमानको चेतावनी


नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निर्माणाधीन सब स्टेसनको निर्माणको ठेक्का तोड्ने चेतावनी दिएका छन्।

शनिबार सब स्टेसनको अनुगमन भ्रमण गरेका घिसिङले निर्माणाधीन ४०० केभी, २२० र १३२ केभी सब स्टेसन निर्माणको बारेमा जानकारी लिएका थिए।

घिसिङले मकवानपुरको हेटौँडा उपमहानगरपालिकास्थित थानाभर्याङमा निर्माणाधीन सब स्टेसनको निर्माणको काम राम्रो नदेखेपछि ठेक्का तोड्ने चेतावनी दिएका हुन्।

ठेकेदार कम्पनीहरूले आगामी असारभित्र सब स्टेसनको निर्माण सम्पन्न गर्ने प्रतिबद्धता दिए पनि निर्माण स्थलमा कुनै प्रगति नदेखिएपछि आक्रोशित हुँदै उनले ठेकेदार कम्पनीलाई काममा सुधार नगरे ठेक्का तोड्ने चेतावनी दिएका हुन् ।

कार्यकारी निर्देशक घिसिङले भारतको दिल्लीमा रहेका सिमेन्सका निहित गुप्ता र टेलमोसका रवि गुप्तालाई फोन गरी आइतबार काठमाडौँ आएर संयुक्त बैठक गर्न निर्देशन दिएका छन् ।

Logo