प्रमुख निर्वाचन आयुक्तलाई भेटेर सभामुखद्वारा शोक व्यक्त

प्रमुख निर्वाचन आयुक्तलाई भेटेर सभामुखद्वारा शोक व्यक्त


सभामुख देवराज घिमिरेले मातृशोकमा रहेका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाको परिवारलाई भेटेर शोक व्यक्त गरेका छन् । 

थपलियाको परिवारलाई आइतबार काठमाडौं– ३२ स्थित नरेफाँटमा रहेको कोटदेवी मनोहरा विद्यानगर किरियापुत्री भवनमा पुगेर सभामुखले शोक व्यक्त गरेका हुन् । उनले स्व. थपलियाको आत्माको चिरशान्तिको कामना गर्दै तस्बिरमा पुष्पगुच्छा अर्पण गरेका थिए । 

No description available.

शोक व्यक्त गर्न सभामुखसहित प्रतिनिधि सभाका सचिव पद्मप्रसाद पाण्डेय पनि किरियापुत्री भवन पगेका थिए । 

थपलियाकी आमा डम्बरकुमारी थपलियाको गत असार १ गते काठमाडौंमा निधन भएको थियो । उनका तीन छोरा, चार छोरी छन् ।

Logo