1
0
Shares

एनआरएनए अन्तराष्ट्रिय महिला संयोजकमा अनुजा प्रधानको उम्मेदवारी

1
1
1

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी अक्टोवर महिनामा हुने ११ औँ महाधिवेसनमा अन्तराष्ट्रिय महिला संयोजकमा अनुजा प्रधानले उम्मेदवारी दिने भएकी छन्। उनी एनआरएनएको पूर्वआईसीसी सदस्य हुन्।

यसअघि गैरआवासीय नेपाली संघको यूरोप संयोजकमा उम्मेदवारी दिने चाहना राखेकी प्रधानले महाधिवेसन प्रतिनिधिहरुको सुझाव र संघभित्र महिला नेतृत्वलाई सशक्त बनाउने उदेश्यले अन्तराष्ट्रिय महिला संयोजकमा उम्मेदवारी दिने निचोडमा पुगेको बताइन्।

सन् २००४ मा १८ वर्षको उमेरमा बेल्जियम छिरेकी अनुजा प्रधान अहिले एथ्रोपमा रहेको तुफ्भान एडअन (हेड अफ पराडाइज) रेष्टुरेन्ट चलाएकी छन्। प्रधानले अहिले क्याफे, रेष्टुरेन्ट र होटलको लगानीकर्ता बनेकी छन्। सन् २००७ मा सुसीको रेष्टुरेन्ट टेकओभर गरेपछि उनले लगातार १४ वर्ष परिवारको सहयोगमा व्यापारमा हात हालेकी हुन्।

उनले सन् २०१८ मा सफल व्यवसायी जीवा लामिछाने र कुमार पन्तसँग जोडिएर होटल व्यसायमा समेत प्रवेश गरेकी छिन्। नेपाल, स्पेन लगायतका अन्य देशमा समेत आफ्नो लगानी बढाएकी प्रधान अहिले व्यवसायबाट वार्षिक रुपमा मिलियन्स युरोको व्यापार गर्छिन्। 

गैरआवासीय नेपाली संघको निर्वाचन अक्टोवर तेस्रो साता अनलाइन (हाइब्रिड) मार्फत हुदैछ । संघको नेतृत्वको लागि अध्यक्षमा डा. बद्री केसी, महेश श्रेष्ठ, डा. हेमराज शर्मा, रविना थापा, आरके शर्मा र विनय अधिकारीले उम्मेदवारी दिने घोषणा गरेका छन्। 

प्रकाशित: ३० भदौ २०८० १०:३२ शनिबार

1
1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी