गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष राजेन्द्रकुमार (आरके) शर्मा नेतृत्वको टोलीले उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासँग भेटवार्ता गरेको छ।
जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित क्षेत्र पुगेर राहत सामग्री वितरण गरेको शर्माको टोलीले हिजो सुर्खेतमा उपप्रधानमन्त्री खड्कासँग उनकै निवासमा भेटवार्ता गरेको हो।
भेटका क्रममा उपप्रधानमन्त्री खड्काले विपद्को बेला सबै एकजुट भएर गरेको सहयोगप्रति एनआरएनए टोलीलाई धन्यवाद दिए। साथै उनले एनआरएनएको सहयोगले निरन्तरपा पाउने अपेक्षा व्यक्त गरे।
आगामी दिनमा पनि गैर आवासीय नेपालीहरुको ज्ञान र सीपका आधारमा भूकम्प पछिको पुनःनिर्माणमा पनि आफूहरुले सरकारसँग समन्वय गरेर काम गर्ने शर्माले प्रतिबद्धता जनाए।
भेटमा अध्यक्ष शर्मासहित निवर्तमान अध्यक्ष रविना थापा,महासचिव बुद्धि सागर सुवेदी,युरोप संयोजक चिन्तामणी सापकोटा, एनआरएन अभियन्ता ओम शर्मालगाएत सहभागी थिए।
प्रकाशित: २३ कात्तिक २०८० ०८:३२ बिहीबार