काठमाडौँ महानगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

काठमाडौँ महानगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु


काठमाडौँ महानगरपालिका स्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। आजबाट सुरु भएको प्रतियोगिताको राष्ट्रपति रामचन्द्र पौडेलले एक समारोहकाबीच उद्घाटन गरेका हुन्। 

तीन दिनसम्म चल्ने प्रतियोगितामा विभिन्न खेल विधामा महानगरभित्रका ८३ विद्यालयका ३ हजार २ सय ५० जना छात्रछात्रा सहभागि भएका छन्। जसअन्तर्गत भलिवल ८ सय जना, कवड्डी ८ सय जना, तेक्वान्दो  ३ सय जना, कराँतेमा ३ सय जना, उसुमा १ सय जना, एथलेटिक्समा १ हजार २५० जना सहभागि छन्। 

प्रतियोगिता अन्तर्गत एथलेटिक्सका खेलहरु दशरथ रङ्गशालामा, कराँते र उसु खेल रंगशालाको कभर्ड हलमा खेलाइने छन्।  त्यस्तै, छात्रछात्रा कवड्डी र छात्रा भलिवलका खेलहरु कन्या मन्दिर माध्यमिक, न्योखा, क्षेत्रपाटीमा खेलाइने छन्। 

त्यसैगरि, पुरुष भलिवलका खेलहरु कन्या विद्याश्रम मावि डिल्लीबजारमा तथा तेक्वान्डो खेल नेपाल तेक्वान्दो प्रशिक्षणालय, सातदोवाटोमा खेलाइने काठमाडौँ महानगरपालिकाले जनाएको छ। 

Skip This
Logo