सातै प्रदेशका प्रहरी प्रमुख फेरिए, प्रहरी प्रवक्ता कडायतसहित १६ डीआईजीको सरूवा

सातै प्रदेशका प्रहरी प्रमुख फेरिए, प्रहरी प्रवक्ता कडायतसहित १६ डीआईजीको सरूवा


सरकारले नेपाल प्रहरीका सातै प्रदेशका प्रहरी प्रमुखहरू हेरफेर गरेको छ।

मंगलबार गृह मन्त्रालयको मन्त्रीस्तरीय निर्णयले नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता कुबेर कडायतसहित १६ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)हरूको सरूवा गरेको हो। जसअन्तर्गत सात वटै प्रदेशका प्रहरी प्रमुखहरू समेत फेरिएका हुन्। 

मन्त्रालयले नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता रहेका डीआईजी कडायतलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालयको प्रमुखकारुपमा सरुवा गरेको छ। त्यस्तै, मन्त्रालयले कोशीको प्रहरी प्रमुखमा चन्द्रकुबेर खापङलाई सरूवा गरेको छ। 

उनी यसअघि अख्तियार दुरूपयोग अनुसन्धान कार्यालय काठमाडौंमा कार्यरत थिए। त्यस्तै, मधेशको प्रहरी प्रमुखमा यज्ञविनोद पोखरेल, बागमतीको प्रहरी प्रमुखमा विष्णुकुमार केसी, गण्डकी प्रहरी प्रमुखमा विकासराज खनाल, कर्णाली प्रहरी प्रमुखमा लालमणि आचार्य र सुदूरपश्चिम प्रहरी प्रमुखमा रविन्द्र केसीलाई सरुवा गरिएको छ।

मन्त्रालयले डिआईजी बुद्धिराज गुरूङलाई अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयमा तानेको छ भने केन्द्रीय अनुसन्धान ब्युरोमा डिआईजी किरण राणा, प्रहरी प्रधान कार्यालयको अन्वेषण योजना तथा विकास निर्देशनालयमा डिआईजी राजेशनाथ बास्तोला र प्रहरी प्रधान कार्यालयको कार्यविभागमा डिआईजी भरतबहादुर बोहरालाई तानेको छ। 

त्यस्तै, डिआईजी भीमप्रसाद ढकाल प्रहरी महानिरीक्षकको सचिवालयमा तानिएका छन् भने डिआईजी दुर्गा सिंह उपत्यका प्रहरी कार्यालय रानीपोखरी तानिएकी छिन्।  त्यस्तै, डिआईजी उत्तमराज जोशी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रष्ठिान तानिएका छन् भने डिआईजी जनक भट्टराईलाई अपराध अनुसन्धान निर्देशनालयमा जिम्मेवारी दिइएको छ।

Logo