1
1
1
1
1

रेमिट्यान्समा कोरोना असर : ४ प्रतिशतले घट्यो

1
1
1
1
1
1

काठमाडौं ।

कोरोना संक्रमणका कारण विप्रेषण (रेमिट्यान्स) प्रभावित भएको छ । चालु आर्थिक वर्षको नौ महिनामा रेमिट्यान्स आप्रवाह ४ प्रतिशतले घटेको छ । यस अवधीसम्म ६ खर्ब २६ अर्ब ९० करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको चैत महिनासम्मको वर्तमान आर्थिक स्थितिले रेमिट्यान्स घटेको देखाएको हो । गत वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २०.९ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ४.७ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ९.९ प्रतिशतले बढेको थियो । यस अवधीमा वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या १५ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ४.६ प्रतिशतले बढेको थियो ।

वैदेशिक रोजगारीमा जाने कामदारको संख्या घट्नुका साथै विदेशमा हुने नेपाली कामदारहरुले पनि पैसा पठाउन नपाउँदा मुलुकमा भित्रिने रेमिट्यान्स घटेको हो । राष्ट्र बैंकले यस अघि नै कोरोनाका कारण १ खर्ब भन्दा बढी रेमिट्यान्स घट्ने अनुमान गरिसकेको छ ।

वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या १०.२ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३७.५ प्रतिशतले घटेको थियो ।

प्रकाशित: ५ जेठ २०७७ ०९:४८ सोमबार

1
1
1
1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी