प्रवास प्रदेश ३

विदेशमा कोभिड–१९ बाट १६० नेपालीको मृत्यु

काठमाडौं ।

विश्वभर महामारीको रूपमा फैलिएको कोभिड–१९ बाट विदेशमा १६० नेपालीको मृत्यु भएको छ ।

गैरआवासीय नेपाली सङ्घका अनुसार बितेका सात दिनमा कतारमा आठ, कुवेतमा तीन र संयुक्त अरब इमिरेट्समा पाँच जनाको मृत्यु भएको छ ।

शनिबार साँझसम्म विश्वका विभिन्न १४ मुलुकमा १६० नेपालीको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको जनाउँदै सङ्घले २८ हजार ६८१ जना अर्थात् ९३ प्रतिशत सङ्क्रमणमुक्त भएका बताएको छ ।रासस

प्रकाशित: ४ श्रावण २०७७ ०८:५४ आइतबार

ताजा समाचार
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी