११ असार २०७९ शनिबार
1
1
1
1

हिमालयन एयरले आज कतारबाट १५० नेपाली स्वदेश ल्यायो

1
1
1
1
  • तिलु शर्मा पौडेल
    दोहा कतार ।

कतारको दोहाबाट गए राति हिमालयन एयरलाईन्सले २० औँ सहजीकरण उडान गरेको छ । नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय बमोजिम “कोभिड १९ का कारणबाट प्रवासमा असहज परिस्थितिमा रहेका नागरिकलाई स्वदेश फर्कन सहजीकरण गर्ने सम्बन्धी आदेश २०७७” अनुसार उक्त उडान भएको हो ।

उक्त उडानमार्फत साढे २ वर्षदेखि कतारमा कार्यरत मोहम्मद अजिजुल रेन नेपाल फर्किएका छन् । विगत सात महिनादेखि तलब नपाएर पीडित बनेका उनी डेकोरेसन सम्बन्धी काम गर्थे तर कम्पनिका साहु नेपाल गएर उतै बसेपछि यता उनी अलपत्र परेका थिए । उनका साहु पनि सिराहाकै हुन् । आफ्नै भेनामार्फत टिकट काटेर नेपाल जान लागेका उनी ती साहुलाई नेपालमै समातेर आफ्नो पसिनाको कमाई निकाल्न सक्ने प्रति झिनो आशावादी देखिए ।

रुपन्देही जिल्ला घर भएका सुशील केसी विगत १४ महिनादेखि कतारमा कार्यरत थिए तर ११ महिनादेखि तलब पाएनन् । नेपाली मालिकले नै ठगेको उनको गुनासो थियो । पासपोर्टको श्रम देखाउँदै उनले कम्पनिको नाम र विवरण बताउँदै साहु नेपालमै रहेको र कतारमा उसको भाई भए पनि न पैसा दिन्छ न आइडी लगाइदिन्छ, समस्याको पोको फुकाउँदै पहाड मुनि आफूहरूलाई गाडेर मालिक स्वदेशमा रमाएको प्रति उनले आक्रोश पोखे । मेरो अधिकारको लडाईं अन्तिम दिन र समय सम्म लड्ने छु । केसीले दृढ सङ्कल्प गर्दै नेपालीले नेपालीलाई शोषण गरेकोमा गहिरो गुनासो गरे ।

सिरहाकै शिव महतो २ वर्षको पसिना कम्पनिको नाममा बगाए पनि आफ्नै पैसाले टिकट काटेर जानु पर्दा पसिनाले शोषकलाई पोल्नेमै विश्वास्वस्थ देखिए । चितवनका कृष्ण ब खडका ५ महिनाबाट तलब र काम विहीन बने । उनीसँगै दाङका रवी ओली थिए । एकै कम्पनीमा कार्यरत उनीहरू टिकटको जोहो गर्दा झन्डै सास बन्द भएको स्मरण गर्छन् ।

८ महिलासहित १५० जना लिएर उडेको उक्त जहाजमा कोरोनाका कारण मार्चबाट जागिर गुमाएर बसेकी झापाकी मिना तामाङ कतार तथा वैदेशिक यात्रालाई टुङ्गाउँदै सदाका लागि क्षितिजबाट विलिन भइन् ।

दुःख र पीडामा परेका नेपालीहरूको कतारमा ठूलै सङ्ख्या छ तर सरकारले नियमित चार्टर फ्लाइटसम्म नपठाएर रेमिट्यान्सका धनी श्रमिकमाथि अन्याय गरेको छ । यो सँगै कतारबाट ३,५८९ जनासहित ४२ वटा शव नेपाल पुगिसकेका छन् । नेपाल प्रस्थान गर्ने यात्रीहरूको यात्रा सहजीकरण तथा बिदाईका लागि दोहाको हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा राजदूतावास कतारका द्वित्तिय सचिव प्रवीण भट्टराई पुगेका थिए ।

प्रकाशित: १७ साउन २०७७ ०८:३६ शनिबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी