1
1
1
1
1

कतारमा ४ उत्कृष्ट नेपाली कामदार पुरस्कृत, प्रतिव्यक्ति ४ लाख ८० हजार पाए

1
1
1
1
1
1

दोहा कतार ।

लामो समयदेखि सेवारत नेपाली कामदारलाई कतारको एक स्थानीय कम्पनिले नगदसहित पुरस्कृत गरेको छ । आइओएस प्रमाणित कम्पनी नासर अल अलि एन्टरप्राइजेजले आफ्ना चार नेपाली कामदारहरूलाई पुरस्कृत गरेको हो । अबीर बहादुर राई, पञ्चे राई, छिरिङ राई र दशरथ मुसहरलाई १० वर्ष लामो सेवाका लागि कतारी रियाल १५,००० पन्ध्र हजार (नेपाली ४ लाख ८० हजार) का दरले एक कार्यक्रमका बीच पुरस्कृत गरेको हो ।

कार्यक्रममा बोल्दै कम्पनीका मालिकले नेपालीहरूको इमानदारिता, लगनशीलताको खुलेर तारिफ गरे । मालिक नासर अलि अल अलि भन्छन्, “मलाई गर्व लाग्छ कि गत १० वर्षदेखि कार्यरत कामदारहरू अझै पनि उस्तै जोस वफादारी र कडा परिश्रम देखाई रहेका छन्, उनीहरूकै कारण कम्पनिले सफलताको उचाइ पाएको हो ।” पुरस्कार ग्रहण गर्दै उनीहरूले खुसी व्यक्त गरेका छन् । ३, ००० कामदार रहेको उक्त कम्पनिमा करिब १,२०० नेपाली कार्यरत रहेका छन् । १,२०० मध्येबाट पनि १० बर्षे सेवा पार गरी पुरस्कृत हुन पाउनु आफैंमा गर्वको विषय रहेको उनीहरूको बुझाइ छ । उनीहरू २००९ मा निर्माण श्रमिकका रूपमा आएका थिए र अहिले उनीहरू दक्ष कामदारका रूपमा कम्पनीमा कार्यरत रहेका छन् ।

कम्पनीले १० वर्ष सेवा गरेका करिब १०० जनालाई पुरस्कृत गरी सकेको छ भने कार्यस्थलमा उत्कृष्ट कार्य सम्पादन गरे बापत करिब १,००० जनालाई नगद र सुनसहित सम्मान गरिसकेको उक्त कम्पनीमा मार्केटिङ एक्जेक्युटिभ पदमा कार्यरत पर्वतका आनन्द जिसीले जानकारी दिएका छन् । कार्यक्रममा विभिन्न देशका उत्कृष्ट १० जना कामदारलाई जनही १ हजार कतारी रियालले सम्मानित गरिएको थियो । केन्द्रबिन्दुसँग कुरा गर्दै उनीहरूले कम्पनीले कहिल्यै पनि क्षमताको अवमूल्यन नगरेको हुँदा आफूहरूले आय र दक्षता दुवै पाएको प्रतिक्रिया दिए ।

प्रकाशित: ३१ साउन २०७७ ०७:५८ शनिबार

1
1
1
1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी