1

नेपालमै रोकिएका केही कामदारहरूले कतार प्रवेश पाए

1
1
1

दोहा कतार ,

कोरोना भाइरसका कारण नेपालमै रोकिएका केही कामदारहरू कतार प्रवेश गरेका छन् ।

गएको मार्च ९ तारिखमा नेपालबाट कतार प्रवेश गर्न कतार एयरवेजले रोक लगाएसँगै बन्द रहेका उडानहरू कतारबाट नेपालतर्फ चार्टर उडानको रूपमा सञ्चालित रहे पनि नेपालबाट कामदार कतार प्रवेश गरेको यो पहिलो पटक हो ।

झन्डै ६ महिनामा पहिलो पटक नुवाकोटका उत्तम भण्डारी सहित ७ जना कामदारहरू कतार आएका हुन् । कम्पनिले कतार ईन्ट्री पर्मिट निकालीदिएपछि चिने जानेको म्यानपावरको साथीमार्फत टिकट र पिसिआर परीक्षणको रिपोर्ट लिएर उनीहरू कतारमा अवतरण गरेका हुन् । भण्डारीका अनुसार नेपालको लकडाउनको अन्त्य भएसँगै नेपालीहरूले कतारमा सहजै प्रवेश पाउने विश्वास व्यक्त गरेका छन् ।

कस्तो छ कतार एयरपोर्टमा व्यवस्था ?

हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज अवतरण पश्चात् सातै जनाको मोबाइलमा ऐतराज एप डाउनलोड गरी स्वास्थ्य चेकजाँच गरी एप्लिकेशनमा पहेँलो (होम क्वारेन्टाइन) चिन्हमा परिणत गरिएको छ भने उनीहरूलाई होटेलको क्वारेन्टाइनमा राखिएको छ। कतारको सरकारी अस्पतालबाट खटिएका डाक्टरहरूले कोरोनाको पिसिआर परीक्षण गरी नेगेटिभ रिजल्ट आए एतराजमा हरियो सूचक चिन्ह आएपछि नियमित कार्यमा फर्कन अनुमति दिइने छ भने पोजेटिभ भेटिएमा थप क्वारेन्टाइनमा राखिने सरकारको प्रावधान रहेको छ ।

प्रकाशित: २१ भदौ २०७७ ०७:१७ आइतबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी