२० मंसिर २०७८ सोमबार

अक्टोबर १ देखि दोहाबाट नियमित उडान हुने, आज २९४ नेपाली स्वदेश फर्किए

दोहा कतार ।

विश्वव्यापी रूपमा फैलिएको कोरोनाका कारण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय यात्रामा सकस बढेको ६ महिना भन्दा बढी भईसकेको छ l नेपालीहरूको रोजगारीको मुख्य गन्तव्य खाडी राष्ट्र कतारमा करिब ३ लाख ५० हजार नेपाली कार्यरत भएको तथ्याङ्क छ l कतिपय नेपालीहरू बिदामा नेपाल गएर उतै अड्किएका छन् भने कोरोनाका कारण रोजगार गुमाई नेपाल जान १६०० भन्दा बढीले पालो पर्खिएर बसेका छन् l नेपालीहरुका चाडपर्व नजिकिँदै गर्दा प्रवासबाट स्वदेश फर्कन चाहने नेपालीहरूको सङ्ख्या उच्च छ l

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार खाडी राष्ट्र कतार, साउदी अरेबिया र कुवेतबाट आगामी अक्टोबर १ देखि नेपाल एयरलाइन्सका न्यारोबडी, वाइडबडी र हिमालय एयरलाइन्सले नियमित उडान गर्ने भएका छन् l कुवेतबाट जजिरा तथा रियादबाट हिमालय एयरलाइन्सले नियमित उडान गर्नेछन् l यद्यपि कतारबाट सेप्टेम्बर महिना भरि चार्टर उडान जारी रहने नेपाली नियोगले जनाएको छ l नेपाली राजदूतावासको सूचना अनुसार नेपाल एयरलाइन्सले आगामि २४, २५, २६,२७,२९ र ३० तारिख उडान गर्ने भएको छ भने हिमालयन एयरलाइन्सले आज साँझ र भोलि उडान भर्ने भएको छ l नियमित तथा चार्टर उडानमा जाने यात्रुहरूले ७२ घण्टा समयावधि नकटेको COVID 19- PCR NEGATIVE को रिजल्ट भएको पेपर अनिवार्य लिनु पर्नेछ l यहाँको सरकारी हमाद अस्पताल तथा शाखाहरूबाट नेपाल जाने टिकट र पासपोर्ट लिएर गएमा निःशुल्क कोरोनाको परीक्षण गरी नतिजा उपलब्ध गराइरहेको छ l

आज कतारबाट भएको ४१ औ उडान अन्तर्गत हिमालयन एयरलाइन्सबाट १५५ जना र ४२ औ उडानमार्फत १३९ गरी २९४ नेपालीहरू स्वदेश फर्किएका छन् । यात्रीहरूलाई बिदाइ गर्न द्वित्तिय सचिव रिचा भट्टराई, भुवनप्रसाद भट्ट, प्रवासी नेपाली एकता मञ्च कतारका अध्यक्ष चानक पोखरेल, नेपाली नियोगबाट ड्युटिमा खटिएका पदाधिकारीहरू र गुल्मी सेवा समाज कतारका अध्यक्ष झविन्द्र आचार्य लगायतका व्यक्तिहरू एयरपोर्ट पुगेका थिए।

प्रकाशित: ६ असोज २०७७ १७:०१ मंगलबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी