१३ मंसिर २०७८ सोमबार

सेञ्चुरी रेमिट युएईको दशैं तिहार योजना सार्वजनिक

युएई ।

सेञ्चुरी बैंक अन्तर्गतको सेञ्चुरी रेमिट युएईले दशैं तिहार योजना सार्वजनिक गरेको छ । विगत वर्ष जस्तै यसवर्ष पनि आफ्ना ग्राहक लक्षित दशैं तिहार योजना सार्वजनिक भएको हो ।

युएईमा रहेका नेपालीले अल अहलिया एक्सचेन्सको कुनै पनि शाखाबाट सेञ्चुरी रेमिटको प्रयोग गरी नेपालमा पैसा पठाउनेहरु योजनामा सहभागी बन्नेछन् । योजना अक्टोबर १२ देखि नोभेम्बर २० सम्म चल्नेछ । योजनमा सहभागीमध्येबाट विजेताले ६ वटा स्मार्ट फोन र ४ वटा फिलिप्स ब्राण्डको ३२ इन्चको एलइडी टेलिभिजन उपहार पाउने सेञ्चुरी रेमिट युएईका प्रमुख प्रकाश पौडेलले जानकारी दिए ।

सेञ्चुरी रेमिटले विभिन्न समयमा ग्राहक लक्षित योजना ल्याउदै आएको छ । वैदेशिक रोजगारीमा कमाएको पैसालाई वैद्यानिक र विश्वासिलो माध्यमबाट स्वदेशमा पठाउन सेञ्चुरी रेमिटले साथ दिंदै आएको पौडेलले बताए।

प्रकाशित: २९ असोज २०७७ १४:२७ बिहीबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी