३ कात्तिक २०७८ बुधबार

कतारमा मनाइयो १११ औं लक्ष्मी जयन्ती

दोहा कतार ।

कतारबाट साहित्यिक आकाशमा हरेक डबलीमार्फत नयाँ ईट्टा थपिरहेका साहित्यिक संस्थाद्वय अनेसास तथा नवोदित साहित्यिक वाचनालय कतारको संयुक्त आयोजनामा आज १११ औं लक्ष्मी जयन्ती तथा १०६ औँ अनेसास नवोदित साहित्य वाचन डबली कार्यक्रम सम्पन्न भएको छ । दोहा शहरबाट अलिक पर सहानीयामा अवस्थित अल दोसरी पार्कमा लक्ष्मीप्रसाद देवकोटाको चित्रलाई नै विशिष्ट श्रोताको रुपमा माल्यार्पण गर्दै कार्यक्रमलाई अगाडि बढाइएको थियो।

नवोदित साहित्यिक वाचानलयका महासचिव महेन्द्र खड्काले देवकोटाको जीवनी वाचन गरेका थिए भने अनेसासका महासचिव लेख कार्कीले सहजिकरण गरेको कार्यक्रममा दीपावलीको शुभकामना आदानप्रदानसहित साहित्यकारहरू शेखर बस्नेत, यादव रेग्मी, मणि पौडेल, सानु थपलिया, लेख कार्की, चक्र कार्की, महेन्द्र खड्का, जयन्द्र खड्का, तीर्थ सङ्गम राई, माया केसी र सिताराम थापाले आआफ्ना रचना सुकुलमा बसेर वाचन गरेका थिए ।

विगत १०६ महिनादेखि साहित्यिक संस्थाद्वयले हरेक महिनाको दोस्रो शुक्रवार वाचन डबली सञ्चालन गर्दै आईरहेका छन् । कोरोनाका कारण केही समय रोकिएको रचना कार्यक्रम पछिल्लो महिनाबाट पुनः सञ्चालन हुन लागेका छन् ।

प्रकाशित: २८ कात्तिक २०७७ १८:१९ शुकर्‍बार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी