प्रवास

विदेशमा रहेका ३०१ नेपालीको कोरोनाबाट मृत्यु, संक्रमित संख्या ४८ हजार ६३९ पुग्यो

15 Shares

काठमाडौं ।

कोरोनाबाट विदेशमा रहेका नेपालीको मृत्यु हुने संख्या तीन सय नाघेको छ । विश्वका विभिन्न २० मुलुकमा रहेका ३०१ जना नेपालीको कोरोनाबाट मृत्यु भएको हो ।

गैरआवासिय नेपाली संघ एनआरएनएले जनाए अनुसार गएको साता थप दुई जना संक्रमित नेपालीको मृत्यु भएसँगै यो संख्या ३०१ नाघेको हो ।

गतसाता जर्मनीमा एक जना र भारतमा एक जना गैरआवासिय नेपालीको कोरोना संक्रमणबाट मृत्यु भएको संघले जनाएको छ ।

शनिबार साँझसम्मको तथ्यांक अनुसार विश्वका ४९ देशमा रहेका ४८ हजार ६३९ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ । जसमध्ये ४४ हजार ६७१ जना निको भइसकेका छन् ।

यता नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३९ हजार ८८५ जना पुगेको छ । शनिबार १ हजार २४ जना नयाँ संक्रमित थपिएका थिए।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ५७७ पुगेको छ । शनिबार मात्र १० जनाको मृत्यु भएको छ । कोरोनाबाट देशभर निको हुनेको संख्या २ लाख २४ हजार ५३ पुगेको छ । शनिबार निको हुनेको संख्या २ हजार २०६ थियो ।

प्रकाशित: २१ मंसिर २०७७ १२:२४ आइतबार

ताजा समाचार
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी