प्रवास

कोरोना संक्रमणबाट हालसम्म ३१७ प्रवासीकाे मृत्यु

15 Shares

कोरोनाका कारण विदेशमा थप ३ नेपालीको मृत्यु भएकाे छ । गैरआवासीय नेपाली संघ(एनआरएनए)का अनुसार पछिल्लो साता बेलायतमा २ र मलेसिया १ नेपालीको निधन भएको हो ।

याेसँगै विभिन्न मुलुकमा कोरोनाका कारण मृत्यु हुने नेपालीकाे संख्या  ३१७ जना पुगेको छ । साथै शनिवार साँझसम्मकाे रेकर्डअनुसार विभिन्न ५० देशमा ५३ हजार ८४६ नेपाली संक्रमित भएका छन् । संक्रमितमध्ये ५१ हजार ११६ जना कोरोना मुक्त भएका छन् ।

यसैबीच एनआरएनए र विदेशस्थित नेपाली कुटनीतिक नियोगको संयुक्त पहलमा कोभिड १९ को विश्वव्यापी प्रभावपछि १ लाख ८६ हजार ६६ जना नेपालीको उद्धार गरिएको छ ।

प्रकाशित: २७ पुस २०७७ ११:३७ सोमबार

ताजा समाचार
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी