प्रवास

जनसम्पर्क समिति कतारको आठौं रक्तदान कार्यक्रम सम्पन्न

15 Shares

दोहा कतार ।

नेपाली जनसम्पर्क समिति कतारले ४५ औं राष्ट्रिय मेलमिलाप दिवसको अवसर पारेर बृहत रक्तदान कार्यक्रम भव्यरुपमा सम्पन्न गरेको छ । हमद हस्पिटलको ब्लड डोनेट सेन्टरमा आयोजित उक्त रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान गरेका छन् । समितिका प्रमुख सल्लाहकार विमल सुवेदीले कार्यक्रममा पहिलो रक्तदान गरि सुरु गरिएको थियो । ८८ जनाको नाम दर्ता गरिएको भएपनि ६८ जनाले मापदण्ड अनुसार रक्तदान गरेका हुन् ।

कार्यक्रममा कतारमा स्थापित वैचारिक, सामाजिक, व्यवसायिक, सामुदायिक साहित्यिक संघ संस्थाहरुको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रममा २०० जनाको उपस्थिति रहेको संस्थाका महामन्त्री अजिज अलिले जानकारी दिएका छन् । जनसम्पर्क समिति कतारको यो आठौं रक्तदान कार्यक्रम हो । हमद ब्लड सेन्टरले जनसम्पर्क समितिलाई अवार्ड समेत प्रदान गरेको जानकारी प्रमुख सल्लाहकार विमल सुवेदीले दिएका छन् ।

मेलमिलाप दिवसका अवसरमा विगतका वर्षहरुमा रक्तदान सँगै वनभोज सांस्कृतिक, साहित्यिक लगायतका कार्यक्रमहरुको आयोजना गरेर मनाउने गरिएको थियो । यसपटक कोभिड १९ का कारण अन्य कार्यक्रमहरु स्थगित गरिएको थियो ।

कार्यक्रममा संस्थाका संस्थापक सभापति एवं नेपाली कांग्रेसको जनसम्पर्क समिति केन्द्रीय विभागका सदस्य नरेन्द्र भाट, संस्थापक कोषाध्यक्ष भूपति भट्टराई, संस्थापक सल्लाहकार क्रान्ति सिंह, संस्थाका कावा सभापति शंकर न्यौपाने र महाधिवेशन प्रतिनिधिहरुले उपस्थित सम्पूर्णलाई स्वागत तथा धन्यवाद दिएका थिए ।

प्रकाशित: ३ माघ २०७७ १४:२३ शनिबार

ताजा समाचार
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी