प्रवास प्रदेश ३

नेपाली महिला समाज कतारद्वारा विपन्न परिवारलाई न्यानो कपडा वितरण

15 Shares

दोहा कतार ।

नेपाली महिला समाज कतारले विपन्न परिवारलाई न्यानो कपडा वितरण गरेको छ । जनवरी १९ को दिन, समाज कतारले नेपालमा रहेको सामाजिक संस्था प्रगतिशील समाज नेपालसँगको सहकार्यमा चितवन जिल्ला, ईच्छाकामना गाउँपालिका, टोलांगस्थित चेपाङवस्तीमा विपन्न परिवारका बालबालिका तथा वृद्धवृद्धारुलाई न्यानो कपडा वितरण गरेको हो ।

महिला समाज कतारको आर्थिक सहयोग तथा प्रगतिशील समाजको व्यवस्थापकीय र मानवीय सहयोगबाट सम्पन्न उक्त कार्यक्रममार्फत करिव १०० बालबालिकालाई टोपी, स्वेटर, ट्रयाक तथा अन्य कपडाहरु प्रदान गरिएको थियो । कार्यक्रममा २५ जना वृद्धहरुलाई १, १ जोर न्यानो कपडा प्रदान गरिएको छ ।

 

प्रवासबाट पनि देशको सेवा गर्न सकिन्छ र गर्नुपर्छ भन्ने धारणा लाई व्यवहारमा परिणत गर्ने कार्यमा नेपाली महिला समाज कतारमा आवद्धहरु तथा कतारका विभिन्न संघ संस्थाहरुको सहयोगमा बालबालिकाले न्यानो कपडा पाएको समाजकी अध्यक्ष अमिना खानले जानकारी दिइन् । समाजले कतार तथा नेपालका सबै सहयोगीहरुलाई धन्यवाद दिंदै आगामी दिनमा पनि विभिन्न संघ संस्थाहरुसँग समन्वय गरेर समस्यामा परेका मानिसहरुलाई सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । कतारमा नेपाली महिला समाज महिलाहरुको सामाजिक संस्था हो ।

प्रकाशित: ८ माघ २०७७ ०६:३१ बिहीबार

ताजा समाचार
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी