खाम संस्कृति र सिकार आरक्षण हाम्रो आकर्षक गन्तव्य : शंकर पोखरेल, मुख्यमन्त्री प्रदेश नं. ५ (भिडियो सहित)

खाम संस्कृति र सिकार आरक्षण हाम्रो आकर्षक गन्तव्य : शंकर पोखरेल, मुख्यमन्त्री प्रदेश नं. ५ (भिडियो सहित)


काठमाडौं ।

प्रदेश नं. ५ मा १२ वटा जिल्लाहरु पर्दछन् । जस अन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), रूपन्देही, कपिलवस्तु, पाल्पा, अर्घाखाँची, गुल्मी, रूकुम (पूर्व ), रोल्पा, प्यूठान, दाङ, बाँके र बर्दिया जिल्लाहरू रहेका छन् । यस प्रदेशमा ४ उपमहानगरपालिका, ३२ नगरपालिका र ७४ गाउँपालिका गरी कूल ११० वटा स्थानीय तहहरू रहेका छन् । जम्मा २२ हजार २८८ वर्ग किलोमिटर भूभाग यस प्रदेश अन्तर्गत रहेको छ । नेपालको कूल क्षेत्रफलको १२.१ प्रतिशत हिस्सा ओगटेको यस प्रदेशमा जनगणना ०६८ बमोजिम ४८ लाख ९१ हजार ०२५ जनसंख्या रहेको छ ।

यस प्रदेशको आफ्नै मौलिक विशषेता छ । शान्तिका अग्रदूत भगवान गौत्तम बुद्धको जन्मस्थल लुम्बिनी, तिलौराकोट तथा थुप्रै बुद्धकालीन ऐतिहासिक र सांस्कृतिक महत्वका सम्पदाहरू यसै प्रदेशमा पर्दछन । एसियाकै ठूलो दाङ उपत्यका पनि यो प्रदेशमा पर्दछ । शंकर पोखरेल यस प्रदेशका मुख्यमन्त्री हुन् । प्रदेश नं. ५ लाई समृद्ध बनाउन तराईमा कृषि, पहाडमा कृषिसहितको पर्यटन होमस्टे र हिमाली दृश्यहरूको प्रवर्धनबाट पर्यटक ल्याउन गुरुयोजना बनाएर अघि बढ्ने उनले बताएका छन् ।

यी विविध विषयमा केन्द्रीत रहेर यसपटक केन्द्र बिन्दु टेलिभिजनले पोखरेलसँग कुराकानी गरेको छ । प्रस्तुत छ केन्द्रबिन्दुकर्मी प्रकाश लुईंटेलले उनीसँग गरिएको कुराकानीको सम्पादित अंश यो भिडियोमा :

 

Logo