सन्दीपको आईपीएल यात्रा, सफल की असफल ? (भिडियो रिपोर्ट)

सन्दीपको आईपीएल यात्रा, सफल की असफल ? (भिडियो रिपोर्ट)


छोटो समयमै अन्तर्राष्ट्रिय क्रिकेटमा स्टार खेलाडीको छवि बनाउन सफल लेग स्पिनर हुन्, सन्दीप लामिछाने । लामिछाने १२ औँ आईपीएलको यात्रा सकेर नेपाल फर्किएका छन् । उनले महेन्द्र सिंह ध्वनीको चेन्नई सुपर किङ्ग्स र रोहित शर्माको मुम्बई इन्डियन्सबिरुद्धको फाइनल भिडन्त स्वदेशबाटै टेलिभिजनमा हेरे ।

सन्दीपको टिम दिल्ली क्यापिटल्स इतिहास रच्दै पहिलोपटक क्वालिफायर्ससम्मको यात्रा तय गर्न सफल भयो । तर, नेपाली उदयमान क्रिकेटर सन्दीपको प्रदर्शन भने त्यति उत्कृष्ट रहेन । प्रतियोगिताभर ६ म्याच खेलेका सन्दिपले समग्रमा अपेक्षकृत आशाभन्दा माथिको प्रदर्शन गर्न असफल रहे ।

चाहे फुटबल होस् या त चाहे क्रिकेट नै किन नहोस, सधैँ एकैनासको प्रदर्शन कदापी कोहिबाट पनि अपेक्षा गर्न सकिँदैन । त्यसमाथि पनि जसको देशमा क्रिकेटका लागि अन्तर्राष्ट्रिय स्तरको कुनै संरचना छैन, त्यस देशका खेलाडीहरुले त्यहाँ सम्मको प्रदर्शन देखाउनु नै हामीहरुको लागि खुसीको कुरा हो । त्यसमै हामीले गर्व गर्न सक्नुपछ ।

कुनै अन्तर्राष्ट्रिय स्तरको मैदान र बिना कुनै संरचनाबाट पीडित नेपाली खेलाडीहरुको अहिलेसम्मको सफलतालाई नै हामीले गर्व गर्न सक्नुपर्छ । उनले जुन अन्तर्राष्ट्रिय स्तरमा लिएको उचाई नै सबैको लागि गर्व गर्न लायक छ । उनले आफ्नो माज्ञ नेपाल र सम्पूर्ण नेपालीको नै साख बढाएका छन् । थप भिडियो रिर्पोटमाः

Logo