कमल थापाको चेतावनी, ‘शान्तिपूर्ण आन्दोलनमा दमन गर्ने दुश्प्रयास नगरियोस’

कमल थापाको चेतावनी, ‘शान्तिपूर्ण आन्दोलनमा दमन गर्ने दुश्प्रयास नगरियोस’


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले राप्रपाको शान्तिपूर्ण आन्दोलनलाई दमन गरेर जनता मारेर सिंहदरबार छिर्ने वातावरण नबनाउन सरकारसँग आग्रह गरेका छन् ।

आफुहरुको शान्तिपूर्ण आन्दोलनलाई बल प्रयोग गरेर सरकार दमनको नीतिमा अघि बढिरहेको भन्दै त्यसतर्फ सचेत हुने चेतावनी दिए । देशब्यापी स्थानीय निकायमा दिईएको धर्नाको क्रममा आज काठमाडौं महानगरपालिकामा धर्ना कार्यक्रममा बोल्दै अध्यक्ष थापाले आन्दोलनको क्रममा भएको प्रशासनिक दमनको घोर भत्सर्ना गरे ।

दमनबाट समस्याको समाधान हुदैन भन्ने विगतबाट पाठ सिक्न सरकारलाई सचेत गराए । न जङ्गलबाट राजनीतिक समस्याको हल हुने नत दमनबाट नै भन्दै थापाले भने, वार्ता र सहमतिका साथ प्रजातान्त्रिक विधीबाट आफुहरुको माग सम्बोधन गर्नुपर्नेमा जोड दिए । सरकारले दमन गरेर त्यसले ठूलो रुप लिन उनको चेतावनी थियो ।

कार्यक्रममा नेताहरु भुवन पाठक, कुन्ती शाही , प्रकाश रिमाल, महेश सिंह, हिक्मतसिह भण्डारी , कृष्ण बहादुर बज्राचार्य लगायतले सम्बोधन गरेका थिए । आगामी वैशाख ६ गते धर्म निरपेक्षता लेखिएको ब्यानर जलाउने र ८ गते राजमार्गमा दुई घण्टे सत्याग्रह कार्यक्रम रहेको छ ।

Logo