वासिङटन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोको सीमाक्षेत्र हुँदै अमेरिका छिर्दै गरेका ल्याटिन अमेरिकी नागरिकहरुको समूह माथि गोली चलाउन आफ्ना सुरक्षाकर्मीलाई सुझाव दिएका छन् । "/>

अमेरिका छिरेका हजारौं आप्रवासी माथि गोली चलाउन ट्रम्पको आदेश

अमेरिका छिरेका हजारौं आप्रवासी माथि गोली चलाउन ट्रम्पको आदेश


वासिङटन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोको सीमाक्षेत्र हुँदै अमेरिका छिर्दै गरेका ल्याटिन अमेरिकी नागरिकहरुको समूह माथि गोली चलाउन आफ्ना सुरक्षाकर्मीलाई सुझाव दिएका छन् ।

ग्वाटेमाला, होन्डुरस, एल साल्भाडोरबाट मेक्सिको हुँदै अमेरिका छिर्न प्रयासरत ५ हजार भन्दा बढी मानिसहरुले अमेरिकी सुरक्षाकर्मीलाई ढुंगा प्रहार गरेको अवस्थामा उनीहरु माथि गोली चलाउन ट्रम्पले आदेश दिएका हुन् ।

यद्यपि ट्रम्पले यसअघि नै ती मानिसहरुले आफ्ना सेना तथा सुरक्षाकर्मी माथि ढुंगा प्रहार गर्दै हिंसात्मक गतिविधि गरेको दावी गरेका छन् । राष्ट्रपति ट्रम्पले ती आप्रवाशीलाई रोक्न मेक्सिकोको सीमा क्षेत्रमा १५ हजार सुरक्षाकर्मी खटाएको छ । उनीहरुका साथै अमेरिकाले हालै वायुसेना समेत परिचालन गरेको छ । ५ हजार भन्दा बढी ल्याटिन अमेरिकी नागरिकहरुको समूह भने अमेरिका तर्फ बढिरहेको छ ।

उनीहरुले रोजगारी तथा उच्चस्तरको जीवनयापनका लागि भन्दै अमेरिकालाई आफ्नो गन्तब्य बनाएका हुन् । अमेरिकी सेनाले भने अहिलेसम्म उनीहरु माथि गोली चलाएको छैन । न त समूहबाट ढुंगामूढा नै गरिएको छ ।

स्मरणीय छ, राष्ट्रपति डोनाल्ड ट्रम्प अमेरिकामा आप्रवासी नागरिकका लागि अनुदार शासकको रुपमा चिनिन्छन् । केही दिन अघि मात्रै उनले आप्रवासी जोडीले अमेरिकामा जन्माएका सबै शिशुलाई स्वतः अमेरिकी नागरिकता नदिने अभिव्यक्ति दिएका थिए ।
एजेन्सी

Logo