1
1
1
1
1
0
Shares

नेपालसहित ९ देशबाट कामदार लैजान जापान सरकारको निर्णय

1
1
1
1
1
1
1
1

काठमाडौं । जापानले नेपालसहित ९ देशबाट कामदार लैजाने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले कामदार ल्याउने देश छनोट गरेको हो ।

जापानले चीन, इण्डोनेसिया, मंगोलिया, म्यान्मार, नेपाल, थाइल्यान्ड, फिलिपिन्स र भियतनामबाट कामदार लैजान निर्णय गरेको जापान टाइम्सले जनाएको छ ।

यी देशबाट लैजाने कामदारलाई नर्सिङ, उत्पादन, होटल, कृषि, माछापालन, खाद्यान्न उत्पादन तथा सेवालगायत १४ वा औद्योगिक क्षेत्रमा रोजगार दिनेछ ।

यी देशबाट पहिलो ५ वर्षमा तीन लाख ४५ हजार कामदार लगिनेछ । जापानले अदक्ष कामदार (ब्लु–कलर) लाई पहिलोपटक श्रम भिसामा विदेशी कामदार लैजान लागेको हो ।

यसअघि नेपालबाट औद्योगिक प्रशिक्षार्थीका रुपमा कामदार लैजाने गर्थ्यो । जापानमा कामदारले महिनामा कम्तीमा ३ लाख नेपाली रुपैयाँ कमाउँछन् ।

प्रकाशित: १० पुष २०७५ १८:१५ मंगलबार

1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी