त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १३ घण्टापछि सुचारु

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १३ घण्टापछि सुचारु


मालिन्दो एयरको विमान दुर्घटनापछि अबरुद्ध त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १३ घण्टापछि सुचारु भएको छ । विमानलाई तानेर पार्किङस्थलमा ल्याएपछि सबै उडान र अवतरण सुरु भएको विमानस्थल कार्यालयले जनाएको छ ।

घाँसे मैदानमा रहेको जहाज तान्न बिहिबार राती नै प्रयास थालिएको भए पनि शुक्रबार मात्रै बिमानलाई पार्किङस्थलमा ल्याउन सफल भएको हो । नेपाली सेनाका ७०, प्रहरीका ३०, नेपाल वायुसेवा निगमका ३० कर्मचारीले दुई वटा जेसिबी, दुई वटा क्रेन र दुई वटा टोबार प्रयोग गरी विमान तानेका थिए।

बिमानस्थलमा यसरी बिमान चिप्लिएको यो नै पहिलो पटक भने होइन । यस अघि टर्किस एयरलाइन्सको विमान पनि एकाबिहानै दुर्घटनाग्रस्त भएको थियो । त्यतिबेला विमानस्थल चार दिन बन्द गरेर १३ भारतीय सैनिकसहित एयरक्राफ्ट रिमुभल किट ल्याइ बिमान हटाएको थियो ।

Logo