समुन्द्रको खनिजवाट बनेको सौन्दर्य प्रसाधन नेपाली बजारमा

समुन्द्रको खनिजवाट बनेको सौन्दर्य प्रसाधन नेपाली बजारमा


सौन्दर्य प्रसाधन उत्पादनको क्षेत्रमा स्पावेक कम्पनीको ख्याति पूर्वि एशियामा ब्यापक रुपमा रहेको छ । जापानमा मुख्यालय रहेको यो कम्पनीले उत्पादन गर्ने सौन्दर्य प्रसाधनहरु नेपाली बजारमा पनि भित्रिएको छ ।

जापानमा लोकप्रिय रहेको स्पावेक कम्पनीका सौन्दर्य सामग्रीहरु मुख्यतया समुन्द्रवाट प्राप्त भएको खनिज पदार्थहरुको प्रयोग गरेर निर्माण गरिन्छ । समुन्द्रको पिंधमा रहेको बिरुवा, नुन, मोति र अन्य पदार्थको प्रयोग गरेर यि सौन्दर्य प्रसाधनहरु निर्माण गरिएको कम्पनीले जनाएको छ ।

स्पावेकले नेपाली बजारमा ल्याएका केही सौन्दर्य प्रसाधन र यसका प्रयोग विधिहरु :

मेकअप रिमुभर:
क्रिम लोसनको रुपमा रहेको यो मेकअप रिमुभरले वाटरप्रुफ मेकअप देखि ओठमा भएको लिपस्टिक र आईस्याण्डोसम्मलाई मेट्न सक्छ । दुधालु क्रिमको रुपमा रहेको यो क्रिम मेकअप भएको भागमा लगाएर केही बेर राम्ररी मसाज गर्नुपर्छ । त्यसपछि नरम कपडा वा टिस्यु पेपरले बिस्तारै पुच्छ्दा मेकअप जानुका साथै मुहारलाई चम्किलो समेत बनाउछ ।

मोस्चराईजिङ फेसवास:

समुन्द्रको खनिज पदार्थहरुको प्रयोग गरेर तयार पारिएको मोस्चराईजिङ फेसवासले मुहारमा भएको धुलो, पसिना र छालावाट निस्किएको तेललाई पूर्णरुपमा सफा गर्छ । यसले मुहारलाई सफा मात्र नगरेर फोहोरको कारण बन्द भएका छालाका छिद्रहरुलाई खोल्ने काम पनि गर्छ ।

ह्वाईटेनिङ स्क्रब फेसवास:

गोरो हुने रहर कसलाई नहोला ? स्पावेकले अनुहारलाई गोरो र सफा पार्न ह्वाईटेनिङ स्क्रब फेसवासलाई ल्याएको छ । यो क्रिमले मुहारमा मरेका छालाका कोषिकाहरुलाई सफा गर्नुका साथै मुहारलाई चम्किलो बनाउन मद्धत पनि गर्छ । यो क्रिम मुख्य रुपमा सुख्खा छाला भएको अनुहारलाई उपायोगि हुने देखिन्छ । यो क्रिम लगाएको केही बेरमै सफा पानीले धुनु पर्छ ।

एज सलुसन फोमिङ वास:
उमेर बढ्दै गए पछि धेरैको छालामा परिवर्तनहरु आउन थाल्छ । कसैको चाउरी पर्दै जान थाल्छ भने कसैको छालामा विभिन्न किसिमका समस्याहरु देखा पर्न थाल्छ । यस्तो अवस्थामा स्पावेकको एज सलुसन इन्टेसिभ फोमिङ वास उपयोगि हुने देखिन्छ । समुन्द्रका खनिज पदार्थहरुलाई लिएर क्रिमको रुपमा तयार पारेको यो वासले मुहारको छालामा रहेको पसिना, फोहोर, छालाको मरेको कोषिकाहरुलाई राम्ररी सफा गर्छ । यसको फोममा रहेको मोस्चराईजिङले छालालाई नरम र सफा गरेर युवाको जस्तो लुक दिनसक्छ ।

ह्वाईटेनिङ क्लियर टोनर:
छालालाई गोरो बनाउने यो टोनरले मुहारको छालाको बाहिरी भागमा रहेको फोहोरलाई सफा गरेर छालालाई गोरो बनाउन मद्धत गर्छ । भिटामिन सि, भिटामिन बि थ्रि लगायत विभिन्न खनिज पदार्थहरु रहेको यो टोनरले छालामा रहेको कम्प्लेक्सनलाई ब्यूताउने काम गर्छ ।

Logo