काठमाडौँ ।

कम्प्युटर होस् या मोबाईल कुनै डाटाहरु झुक्किएर डिलिट भए भने ? कम्प्युटरको डाटाहरु त हामीले रिसाइकल बिनको सहयताले फेरि प्राप्त गर्न सक्छौँ । "/>

मोबाईलमा रहेका महत्वपूर्ण डाटाहरु डिलिट भए भने ?

मोबाईलमा रहेका महत्वपूर्ण डाटाहरु डिलिट भए भने ?


काठमाडौँ ।

कम्प्युटर होस् या मोबाईल कुनै डाटाहरु झुक्किएर डिलिट भए भने ? कम्प्युटरको डाटाहरु त हामीले रिसाइकल बिनको सहयताले फेरि प्राप्त गर्न सक्छौँ । तर मोबाईलबाट केही महत्वपूर्ण कुरा डिलिट भयो भने ? अब चिन्ता लिनुपर्दैन् माबाईलमा पनि कम्प्युटरको जस्तै रिसाईकल बिन बनाएर राख्न सक्छौँ । जसको सहयताले हामी डिलिट भएका डाटाहरु रि स्टोर गर्न सक्छौँ ।

कसरी ?

सबैभन्दा पहिले आफ्नो एण्ड्रोइड फोनमा डम्पष्टर (Dumpster) डाउनलोड गर्नुहोस् । जसको प्रयोग पछि तपाई आफ्नो स्मार्टफोनमा कम्प्यूटरमा जस्तै रिसाइकल बिन बनाउन सक्नुहुने छ ।

त्यसपछि..

एपलाई खोल्नुहोस् एउटा एपको डेमो देख्न सक्नु हुनेछ । यसलाई ओके गरेपछि तपाईको फोनको लागि रिसाइकल बिन तयार हुने छ । यसमा तपाईलाई स्टोरेज परमिसन पनि मागिने छ त्यसमा ओके गर्नुहोला ।

अब जतिखेर तपाईको मोबाइलबाट केही फोटो डिलिट हुनेछ त्यो त्याहाँ गएर बस्नेछ । त्यसलाई तपाई आवस्यकता अनुसार त्यहाँबाट रिस्टोर पनि गर्न सक्नुहुने छ ।

यस एपमा टाइम पनि सेट गर्न सकिने छ । जसमा धेरै दिन भए पछि पुरानो फाइल पूर्णत मेटाउन सकिन्छ । यदी तपाईले यस एपलाई गोप्य राख्न चाहनुहुन्छ भने यसमा पासवर्ड पनि सेट गर्न सक्ने सुबिधा रहेको छ

Logo