विदेशमा रहेका ६० हजार ६३० नेपालीमा कोरोना पुष्टि, ३३६ जनाको मृत्यु

विदेशमा रहेका ६० हजार ६३० नेपालीमा कोरोना पुष्टि, ३३६ जनाको मृत्यु


विदेशमा रहेका नेपाली मध्ये हालसम्म ६० हजार ६३० नेपालीमा कोरोना पुष्टि भएको छ । यस्तै प्रवासमा कोरोनाका कारण ३३६ जनाको मृत्यु भएको छ । 

यो साता विदेशमा कोरोना संक्रमणबाट थप १ जना नेपालीको मृत्यु भएसँगै कूल मृतकको संख्या ३३६ पुगेको हो । गैरआवासीय नेपाली संघका अनुसार यो साता संयुक्त अधिराज्य बेलायतमा १ जनाको मृत्यु भएको छ । यो  सहित २१ देशमा मृत्यु हुने नेपालीको संख्या ३ सय ३६ जना पुगेको छ । 

गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक सञ्जिव सापकोटाले दिएको जानकारी अनुसार शनिबार साँझसम्म विभिन्न ५० देशमा रहेका ६० हजार ६ सय ३० जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

जसमध्ये ५९ हजार १ सय २० जना कोरोना संक्रमण मुक्त भएका छन् । संक्रमणमुक्त हुने दर ९७ प्रतिशत छ । यद्यपी संक्रमणदर भने क्राशः घटेको छ ।

यो साता स्वीडेन, स्पेन, पोल्याण्ड, बेलायत, युएई र साउदी अरबमा रहेका नेपालीहरुमा कोरोना संक्रमण देखिएको छ । 

Skip This
Logo