कुवेतस्थित नेपाली दूतावास अनिश्चितकालका लागि बन्द !

कुवेतस्थित नेपाली दूतावास अनिश्चितकालका लागि बन्द !


खाडी राष्ट्र कुवेतस्थित नेपाली दूतावासले अनिश्चितकालका लागि सेवा बन्द गरेको बताएको छ। 

राजदूतावासले कोभिड–१९ को विषम परिस्थितिमा समेत कुवेत सरकारको स्वास्थ्य सम्बन्धी निर्देशिका तथा मापदण्डहरू पालन गरि निरन्तररूपमा सेवाग्राहीहरूलाई सेवा प्रवाह गर्दै आइरहेको अवस्थामा दूतावासका एक कर्मचारी कोभिड–१९ बाट संक्रमित  भएको  भन्दै बिहीबारबाटै स्वास्थ्य सुरक्षा र सुविधालाई ध्यानमा राखी सेवाग्राही भौतिकरूपमा उपस्थित भई लिनुपर्ने सेवाहरू स्थगित गरिएको बताएको छ । 
 
स्थगित सेवाहरुमा राहदानी नविकरण, कागजात प्रमाणीकरण, कागजात जारीगर्ने लगायतका रहेका छन् । दूतावासले त्यसबाट सेवाग्राहीमा पर्न गएको असुविधा प्रति दूतावास क्षमाप्रार्थी रहेको भन्दै सेवाग्राहीहरूलाई अत्यावश्यक सेवा सम्बन्धी महत्वपूर्ण जानकारी लिनुपरेमा दूतावासको हटलाइन नम्बरः 98869121 टेलिफोन नम्बरः 25321603, 25321604, 25321605 र इमेलः [email protected] मा सम्पर्क गर्न अनुरोध गरेको छ ।


 

Logo