एनआरएनए कतारको अन्तिम परिषद भेलाले सदस्यता शुल्क घटायो

एनआरएनए कतारको अन्तिम परिषद भेलाले सदस्यता शुल्क घटायो


गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् कतारको तेस्रो तथा अन्तिम परिषद् भेला सम्पन्न भएको छ । सङ्घका अध्यक्ष मोहम्मद मुक्तदाको सभापतित्व तथा कतारका लागि नेपाली राजदूत डा नारदनाथ भारद्वाजको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । अनलाइन भर्चुअल जुम मार्फत सम्पन्न २०१९/२१ कार्यकालको अन्तिम पार्षद् भेला विधिवत उद्घाटनसहित अगाडि बढेको थियो । 

प्रथम उपाध्यक्ष उत्तम गुरुङले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा सङ्घका दित्तीय उपाध्यक्ष कुमार खड्काले सङ्घसंस्था समन्वय प्रतिवेदन, युवा विभागको कार्यप्रगति प्रतिवेदन युव संयोजक रविन मगरले पेश गरेका थिए । कार्यक्रमको बीचमा आफ्नो मन्तव्य राख्दै प्रमुख अतिथि भारद्वाजले कोरोना समयमा प्रभावकारी कार्य गरेको, राजदूतावाससँग समन्वय गरेको,आन्तरिक र श्रम मन्त्रालय सँगको समन्वय, हवाई टिकट, आवास र खाद्यान्न वितरणमा सङ्घले दिएको योगदानको प्रशंसा गर्दै परिषद् भेलाको सफलताको लागि शुभकामना व्यक्त गरेका थिए ।

कोरोनाले कतारमा पुऱ्याएको असहज परिस्थितिमा श्रमिकका लागि मरिमेटेर कार्य सम्पादन गरेको श्रमिक विभागको कार्य प्रगति विवरण भने भेलामा विशेष कारण जनाउदै पेस गरिएन ।श्रमिक समस्या समाधान तथा राहत वितरण समितिका संयोजक उत्तम गुरुङले आफ्नो टिमले गरेको कार्य कतारका नेपाली माझ चिर परिचित रहेको बताए l 

भेलामा सङ्घका कोषाध्यक्ष विनोद प्रसाद बसौलाले कार्यकाल भरीमा सङ्घले ३ लाख ३० हजार ४ सय ९२ रियाल आम्दानी र १ लाख ८४ हजार २ सय ३७ रियाल खर्च गर्दै १ लाख ४६ हजार २५५ रियाल बचत गरेको आयव्यय प्रस्तुत गरेका थिए । भेलामा सङ्घको २ वर्से कार्यकालको कार्य प्रगति विवरण महासचिव पदम गिरीले पेस गरेका थिए भने कार्यक्रमको सहजीकरण पनि गिरीले गरेका थिए l 

खाडी राष्ट्रमा श्रमिक उद्धारमा आइएलओले दिएको रकममा भ्रष्टाचार भइरहेको समाचार बाहिरी रहेका बेला कतारको हकमा पहिलो पटक गैरआवासीय नेपाली संघ अन्तरास्ट्रिय समन्वय परिषदद्वारा संचालित कोभिड -१९ कार्यक्रम अन्तर्गतको रकमका बारेमा फ्लोरबाट प्रश्न उठेको थियो  l फ्लोरको प्रश्नको जवाफ दिँदै सङ्घका अध्यक्ष मुक्तदाले कतारमा १ लाख ४४ हजार ११४ रियाल रकम आएको र हाल सम्म विभिन्न शीर्षकमा ८६ हजार ५ सय ६२ रियाल खर्च भई सकेको जानकारी दिए । परियोजना चालू रहेको हुँदा यसकाेअन्त्यसँगै आर्थिक विवरण सार्वजनिक गर्ने र बाँकी रहेको रकम फिर्ता गरिने प्रतिबद्धता मध्यपूर्व संयोजक तथा परियोजना अनुगमन समितिका संयोजक प्रबिण गुरुङले गरे । 

संघको कार्यकाल २०१७-२०१९ मा स्थापित साहित्य तथा पत्रकारिता पुरस्कारलाई यस कार्यकालमा पनी निरन्तरता दिंदै कार्यकाल २०१९-२०२१ को "साहित्य पुरस्कार"  दीप मिलन  र "पत्रकारिता पुरस्कार"  तिलु शर्मा र स्वास्थ्य तथा खेलकुद पुरस्कार ईन्तखाब अहमद प्रदान गरिने भएको छ । आईसिसि सदस्य रमेस भट्टलाई निर्वाचन समिति संयोजक चयन गरेको छ l भेलाले २०२१/२३ कार्यकालको विधान संशाेधनसहित पास गरेको छ भने परिषद सदस्यता शुल्क ५५ रियालबाट घटाउदै ३५ कायम गरेको छ । 

Logo