अर्थमन्त्री बने विष्णु पौडेलदेखि नेइमारको ह्याट्रिकसम्म (भिडियोसहित)

अर्थमन्त्री बने विष्णु पौडेलदेखि नेइमारको ह्याट्रिकसम्म (भिडियोसहित)


काठमाडौं । केन्द्रबिन्दु अनलाइन मिडियाबाट हरेक दिन प्रसारण हुने केन्द्रबिन्दु बुलेटिनामा हामीले दिनभरका महत्वपूर्ण पाँच समाचारलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आएका छौँ । समाचारको कुरोभित्रको चुरो पत्ता लगाउने हाम्रो प्रयास हो ।

यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानल र केन्द्रबिन्दु अनलाइनबाट हरेक दिन प्रसारण हुने गर्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु पस्कने हाम्रो प्रयास हो । हाम्रो यस बुलेटिनमा केही सल्लाह, सुझाव र प्रतिक्रिया भएमा लेखि पठाउन नभूल्नुहोला । आफ्नो प्रतिक्रिया पठाउनका लागि केन्द्रबिन्दु अनलाइन मिडियाका जुन सुकैै माध्यम प्रयोग गर्न सक्नु हुनेछ ।

आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ । प्रस्तुत छ, आजका प्रमुख समाचारहरु राष्ट्रिय सभा सदस्यमा मनोनीत सत्तारुढ दल नेकपाका उपाध्यक्ष वामदेव गौतम विरुद्ध सर्वोच्चमा विचाराधिन मुद्दाको सुनुवाई फेरि स्थगित भएको छ । बुधबार न्यायाधीशहरुको गणपूरक संख्या नपुगेकाले संवैधानिक इजलास स्थगित भएको हो । सर्वोच्च अदालतका अनुसार अब उपाध्यक्ष गौतम विरुद्धको मुद्दाको सुनुवाई दशैंपछि मात्र हुने निश्चित भएको छ ।

त्यस्तै यस वर्ष कोरोना भाइरसका कारण वैदेशिक रोजगारीमा गएका कामदारहरुले प्रशस्त मात्रामा रेमिट्यान्स पठाउन सकेका छैनन् । नेपाल राष्ट्र बैंकको तथ्यांकले पछिल्लो समय रेमिट्यान्स घट्दै गइरहेको देखाएको छ । यसले वैदेशिक रोजगारमा गएका कामदारका परिवारहरूको दशैं उति उल्लासमय नहुने देखिएको छ ।

गण्डकी प्रदेश सरकार र मातहतका कार्यालय विरुद्ध विभिन्न तहका अदालतमा चालु आवमा २७ मुद्दा दर्ता भएका छन् । अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेका ११ गरी आव २०७६ ७७ मा ३८ मुद्दा दर्ता भएका हुन् ।

त्यस्तैगरी विद्युतीय शवदाह गृह निर्माण र सञ्चालनका लागि काठमाडौं महानगरपालिका र पशुपति क्षेत्र विकास कोष बीच सम्झौता भएको छ । पशुपति क्षेत्रमा शवदाह व्यवस्थापनमा पर्ने गरेको चाप र न्यून संख्यामा रहेको शवदाह गृहको कारण व्यवस्थापनमा देखिएको ढिलासुस्तीको अन्त्य गर्न थप विद्युतीय शवदाह गृह निर्माण गर्न लागिएको हो ।

विश्वकप छनोट अन्तर्गत आज बिहान भएको खेलमा ब्राजिलले पेरुमाथि जित निकालेको छ । स्टेडिओ नासिओनल डी लिमामा भएको बुधबारको खेलमा ब्राजिलले घरेलु टोलीमाथि ४–२ गोल अन्तरले जित निकालेको हो । स्टाइकर रोनाल्डोले ब्रजिलका लागि आफ्नो करियरमा ६२ गोल गरेका थिए भने नेइमारले ६४ गोल पु¥याएका छन् । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला…..

Logo