भीसी पुनलाई बेलायतको अर्को ठूलो सम्मान, उनकै नाम अंकित रेल सञ्चालन

भीसी पुनलाई बेलायतको अर्को ठूलो सम्मान, उनकै नाम अंकित रेल सञ्चालन


भूतपूर्व गोर्खा सैनिक तुलबहादुर पुनको नाम अंकित रेल बेलायतमा सञ्चालन हन थालेको छ।

लण्डनको प्याडिङ्टन रेलवे स्टेशनमा बुधबार बिहान एक समारोहबीच रेलवे सञ्चालक ग्रेट वेस्टर्न रेलवेले भिसी पुनको नाममा एक रेल सेवाको नामकरण गरी सञ्चालन गरेको हो।

भूतपूर्व गोर्खा सैनिक तुलबहादुर पुनले गएको बर्ष मात्रै बेलायतको प्रतिष्ठित भिक्टोरिया क्रस (भीसी) पाएका थिए।

उनको सम्मानमा यस बर्षदेखि बेलायतले उनको नाम अंकित एक रेल सञ्चालन गर्न थालेको हो।

गत बर्ष उनलाई बेलायतको ग्रेट वेस्टर्न रेलवे सेवाले उक्त प्रतिष्ठित भिक्टोरिया क्रस (भीसी)द्वारा बिभूषित गरेको थियो।

Logo